ओम प्रकाश यादव लहान फाल्गुन २७ । सिरहा जिल्लाको लहान नगर पालिका वडा न. १९ छारापट्टीमा आज आइतवार कुस्ती प्रतियोगिता हुने भएको छ । नेपाल भारतका प्रख्यात कुस्तीवाजहरुले प्रतियोगीतमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट भारतीय पहलवानहरुद्वारा हुने भएको छन् । शिवरात्रिको अवसरमा आयोजित कुस्ती प्रतियोगितामा भारतका गया पहलवान, बिर्जु पहलवान, कृष्णदेव पहलवानले भाग लिएका छन् ।
भने नेपालतर्फबाट नवलपरासीका विख्यात कुस्तिवाज तथा स्थानीय कुस्तिवाजद्वारा हुने भएको छ ।साबिक सोनमती मझौरा छरापट्टी हाल लहान नगर पालिका वडा न. १९ मा पर्ने यस मन्दिरका प्रांगणमा प्रत्येक वर्ष पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदाको सूचीमा पुर्याउने उदेश्यले महोत्सवमा कुस्ती प्रतियोगिता गरिएको स्ववियु सभापति राम कृष्ण यादवले जानकारी दिए ।
विगत दशकौदेखि चलीआएको यहा कुस्ती प्रतियोगिता यस वर्ष पनि हर्सौल्लासका साथ गराउदै छन् शिवरात्रीको उपलक्ष्यमा हुने यस प्रतियोगितालाई विगत झैँ प्रगाढ बनाउन यस नगरपालिकाका वडा अध्यक्ष मो० कमरुद्दीनको विशेष सहयोगमा हुने कुस्ती प्रतियोगितालाई स्ववियु सभापति राम कृष्ण यादवले पनि साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved