लहान नमुना बोर्डिंग स्कुल र नेशनल एकेडेमीको बार्षिक शैक्षणिक समारोह २०८० सम्पन्न

  • फाल्गुन २७, २०८०
  • ५२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान २७ फाल्गुन । सिरहाको लहान नमुना इंग्लिश बोर्डिङ स्कूल लहान-४ तथा नेशनल एकेडेमी सिरहा लहान प्रा. लि लहान -५ को वार्षिक शैक्षणिक समारोह भव्यताका साथ सम्पन्न भएको छ । मुस्लिम समुदायमा शिक्षाकोे स्थर उन्नति, प्रगतिको सुधारको लागि गरिएकाे कार्यक्रममा मुस्लिम समुदायमा हुने बिभिन्न क्रियाकलाप तथा धार्मिक ग्रन्थ कुरआनका कुराहरू सिकाएका कुराहरू प्रदर्शन गर्न मुस्लिम समुदायका बालबालिकाहरुलाई अंग्रेजी माध्यमा ल्याउन साथै प्रत्येक समुदाय जस्तै मुस्लिम समुदायका बालबालिकाहरू शिक्षातिर आकर्षितहोस भनि उद्देश्यले राखिएको आजको कार्यक्रममा खासगरी नेशनल एकेडेमी बोर्डिङ स्कूलले विगतमा आफ्ना स्कुल बाहिर आफ्ना विद्यार्थीले पाएका शिक्षा प्रदर्शन गराएको सर्वविदिदै छ।

विगत केहि दिन पहिले राष्ट्रिय मुस्लिम समाज नेपालले यसै जिल्लाको सखुवानन्कारकट्टी गा.पा.४ द्वारा संचालित खैरवोनाको कार्यक्रममा यसै स्कुलबाट गएको छात्रले आफ्ना अङ्ग्रेजी अनुवादले त्यहाँको महौल तताएका थिए । त्यस पश्चात राष्ट्रपति रनिङ्ग क्रिकेट लहान द्वारा संचालित लहानमा यसै विद्यालयका छात्रछात्राहरुले गरेको अभिनय अकल्पनिय रहेको थियो । तसर्थ यस विद्यालयले नै केहि गर्छु भनी अगाडी बढ्दै आज यो कार्यक्रम समारोह गरेको थियो ।

उक्त कार्यक्रममा प्रिन्सिपल शम्भु राईले यस विद्यालयले ८ घण्टा मात्र तपाईहरुको नानीहरूलाई पढाई दिने काम गर्छन । तर १६ घण्टा पठाउने काम तपाई अभिभावकहरुकै हुन्छ । तपाई जति संस्कार दिनुहुन्छ । त्यतिकै राम्रो र सजिलो साथ हामीले तपाईका नानीहरुलाई अगाडि बढाउने काम हामी गर्छु आफ्ना मन्तव्य राखेका थिए। उदाहरणको लागि यसै विद्यालयबाट २०७९ शैक्षित सत्रमा सप्तरी निवासि सनी कुमार साहका छोरा आयुष कुमार साह अब्बल अङ्क ल्याई SEE परिक्षा उत्तिर्ण भएकाे थियो । जसलाई आज यसै मञ्चबाट सम्मान स्वरुप कदर पत्र साथै नगदरुप तीन हजार रुपैयाँले पुरस्कृत पनि गरिएकाे छ र यसता छात्रलाई हामीले धन्यवाद दिनै पर्छ।किनकि शिक्षकलाई चिनाउने एक शिक्षित विद्यार्थी नै हुन् । त्यही भएर मैलै विद्यार्थीलाई नै धन्यवाद दिन भनी प्रिन्सिपल राईले आफ्ना बिचार राखेका थिए।

आजको कार्यक्रममा सिरहा सप्तरी गरी ५० भन्दा बढि गाउँका मुस्लिम अगुवा, बुद्धिजीवी, मौलाना, राजनैतिक दल, लगायत दुबै बिधालयमा अध्यनरत बिद्यार्थीहरुको अभिभावकहरुलाई आमन्त्रण गरिएको थियो। सबभन्दा महत्त्वपूर्ण कुरो के छ भने बिगत देखि हाल सम्म यी बिधालयहरु बाट ३८ जना बिद्यार्थी see मा उत्कृष्ट भएका छन र सबै बिद्यार्थीहरु नेपाल सरकारको मापदण्ड पुरा गर्दै इस्लामीक बिधि बाट पठनपाठन गर्दै अवल शिक्षा हासिल गरी लहानको शान मात्रै होइन देशकै नम्बर १ बन्न खोज्दै छ्न यो पनि एउटा महत्त्वपूर्ण पक्ष हो।

May be an image of 7 people and temple

बि.स. २०६८ सालमा शुरु भएको शिक्षक मुस्तुफा रहमानीको प्रयास आज पुर्ण रुपमा सफल भएको छ। आजको मिति सम्म हेर्नु पर्दा यी दुबै बिधालयमा जम्मा ९०० बिद्यार्थी अध्यनरत छन। मुस्लिम समुदाय कुरआन प्रति आस्था राख्दछन र यसैलाई अधार मानी शिक्षक रहमानीले मुस्लिम समुदायमा शिक्षाको ज्योति छरेर यस समुदायलाई माथी उकास्ने काम गरेर उदाहरण बनेका छन यो चानचुने काम होइन। अझ यसलाई थप उचाई सम्म पुर्याउने सोचमा रहेको रहमानी बताउछन।

May be an image of 8 people, dais and text

आजको यस समाहरोहको अध्यक्षता संस्थापक हाफिज मो० साकिर हुसैनले गरेका थिए भने प्रमुख अतिथिको रुपमा लहान न.पा. शिक्षा तथा खेलकुद शाखा प्रमुख अमिरी कुमार यादवको रहेको थियो। विशिष्ट अतिथि मौलाना कलाम, मौलाना इशा कासमी, मौलाना इस्राइल कासमी, वाडा अध्यक्ष करीम शेष सहित अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थितमा चलेको कार्यक्रमको प्रस्तुता सन्तोष पौडयालको रहेको थियो।

प्रतिक्रिया दिनुहोस

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

मारुती सिमेन्टले कब् ...

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१