ताजा समाचार

रास्ट्रिय कृषक समुह महासंघ नेपालले गरे दुग्ध विकाशको अपिल

  • मंसिर २२, २०८०
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २२ मंसीर । दूग्ध उत्पादक किसानको पेशागत सुरक्षाको सुनिश्चितता अनुरोध सहित महासंघकाे अपील शहरको पैसा गाउँमा पुर्याउने ग्रामिण क्षेत्रमा राजभरि प्रदान गरि स्वरोजगारी सृजना गर्ने युवाहरुलाई विदेश पलायनबाट रोक्न साथै ग्रामिण समुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने एक महत्वपूर्ण दुध क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ९ % योगदान गर्दछ ३० लाख किसान परिवारहरु पशु पालन तथा दुध उत्पादन क्षेत्रमा सरिक रहदै आएको छ ।

उच्च मुल्यमा पशु आहार दाना ढुटो खरिद गरि पशुपालन गर्दै आएका किसानहरुले विक्री गरेको दुग्धको ६ अर्ब भन्दा बढी रकम भुक्तानी २ देखि ५ महिना लामो समयसम्म भएको छैन दुध किसानहरुको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ( डीडीसी ) ले नै आधाभन्दा बढी किसानको बक्यौदा राखेका छन् डीडीसी कै कर्मचारीहरुको मिलोमतोमा विदेशी धुलो दुग्ध आयात भएका छन् सिमा क्षेत्रमा विदेशी कम गुणस्तर र नक्कली दुग्ध भित्रयाई बिक्रि वितरण भएका छन् र स्वदेशी दुग्धलाइ निरुत्साहित गर्दै दुग्ध विदा भएका छन् । नेपाल सरकारले तोकेको न्युनतम कृषक समर्थन मुल्य रु ६५ भन्दा पनि कममा दुग्ध बेच्न बाध्य छन । यस्ता बेतिथी र समस्यग्रस्त दैनिकी उत्पादक किसानलाइ भोग्न बाध्य बनाइनु आम किसानको लागि दुखद कुरा हो । भर्त्सना लायक कुरा हो यस बिषयमा किसान अधिकार प्रति समप्रित यस रास्ट्रिय कृषक समुह महासंघ भर्तसना एवं खेद प्रकट गर्दछ ।

दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्य डेरी उद्योगहरुलाई ६ अर्ब भन्दा बढीको बक्यौता यथासिघ्र भुक्तानी गर्न हाल किसानहरुले भोगिरहेको दुग्ध विदा तुरन्त बन्द गर्न सिमा नाकाबाट भित्रिने अबैध दुग्ध तथा दुग्धजन्य पदार्थ पूर्णरुपमा बन्द गर्न नेपाल सरकारले तोकेको न्युनतम कृषक समर्थन मुल्य रु ६५ भन्दा कम नहुने गरि दुग्ध खरिद गर्न तथा उक्त मुल्यमा घटाएर भुक्तानी गर्नेहरुलाई कारवाही गर्न पशुपालक किसानहरुले पालेका वस्तुहरु स्वत: बिमा गरि पशुधनको जोखिम न्यूनीकरण गर्न एवं किसानहरुलाई सामाजिक सुरक्षा तथा किसान कल्याणकारी योजना तयार र कार्यान्वयन गरि किसानहरुको जिम्मेवारी अभिभावकको रुपमा परिचित हुन् नेपाल सरकार एवं सम्बधित सरोकारवाला निकायहरुलाई रास्ट्रिय कृषक समुह महासंघ नेपाल अपिल गर्दछ साथै दुग्ध उत्पादक किसानहरुको सहकारी संस्था केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले संचालन गर्न लागेको किसान अधिकारको खोजि अभियानको स्वागत गर्दै उक्त अभियानमा महासंघको साथ सहयोग रहने प्रतिबधता साथै आन्दोलनप्रति एक्यवधता  व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤