विनोद मण्डल , कार्तिक ९ सिराहा । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा नं ५ मा रहेको नारायणी नदी पारीको सुस्ता गाउँ नेपाली राजनीतिमा सर्वाधिक चर्चा हुने मध्येको एक जोखिमयुक्त स्थल हो ।
" मुख्य विवाद "
सुस्ताको ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । बाँकी १९ हजार ४८० हेक्टरमा समेत भारतीय पक्षले नेपाललाई जोतभोग गर्न रोक्दै आएको अवस्था छ "। सुस्ता गाउँ पालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको विहार राज्य, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा विनयी त्रिवेणी गाउँपालिका तथा दक्षिणमा भारत रहेको छ ।
प्राकृतिक तथा राजनैतिक दुवै दृष्टिकोणबाट नेपालको उच्च संबेदनशील क्षेत्रको रूपमा परिचित सुस्तामा मिचिएको भूमि फिर्ताको माग उठिरहेको छ । सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन मध्ये १४ हजार ५ सय हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टर जमिनलाई भारतले विवादित भनेर दाबी गरेपछि अहिले सो क्षेत्रमा कसैले पनि भोगचलन नगरेको अवस्था छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर जमिनमा मात्र भोगचलन गर्दै आएको अवस्था रहेको छ ।
प्रशासनिक कार्य अन्तर्गत २०२५ सालमा सुस्तामा पञ्चायत कार्यालय, स्कूल, हुलाक कार्यालय, प्रहरी चौकी लगाएतका कार्यालयहरुको स्थापना गरी प्रशासनीक काम काज शुरु गरेको थियो । २०२७ सालमा नापी विभागले सुस्ताको नापी नक्सा गर्दा भारतीय प्रहरी प्रशासनले नापीका कर्मचारीहरुलाई पक्राऊ गरी उनीहरूलाई भारतको चम्पारनस्थित बेतिया जेल चलान गरी एक वर्षपछि जमानतमा रिहा गरेको थियो । (श्रोत सामाजिक सञ्जाल)
नेपाल–भारत दुवैको सहमतिमा ०२९ सालमा सुस्तामा नापी गरी ५५६ बिघा जमिनको जग्गाधनी प्रमाणपत्र वितरण गरेको थियो । भारतले ०६२ सालदेखि निरन्तर सुस्तामा अतिक्रमण गरेपछि सुस्तामा सीमा सर्वेक्षण भएको छैन र सुस्ताको २६ किलोमीटर क्षेत्रको हालसम्म नक्सा छैन । सुस्तामा बाटो घाटो, बिजुली बत्ती,टेलिफोन नेटवर्क , लगाएत आम मानिसको दैनिकीसँग जोडिएको विषय वस्तुको अभाव रहेको छ । सुस्तामा बिजुलीको नाममा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिड परियोजना निर्माण गरी सुस्तावासीलाई विद्युतको पहुँचमा ल्याउने प्रयास भएपनि उक्त ग्रिडको प्यानालहरु बिग्रिएको अवस्थामा रहेको छ ।
सुस्तामा आवात–जावतको लागि दुवै देशको सहमतिमा २०३८ सालमा बनाएको बाटोमा अहिले भारतीय पक्षले अवरोध पुर्याइरहेको छ । सुस्ता भएर बग्ने नारायणी नदीमा निर्माणधिन पुल समयमै सम्पन्न नुहँदा आफ्नै गाउँपालिकाभित्र पनि आवत–जावत गर्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । सुस्ता जोगाउनका लागि २०६२ सालदेखि ‘सुस्ता बचाउ अभियान’ थालिएको हो । करिब ३५० घरधुरी रहेको सुस्ताको सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो ।
सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत रहेको पाईन्छ । सुगौली सन्धिको समयमा सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न गयो त्यसै समयदेखि नेपाल भारत–सीमा विवाद सुरु भएको थियो ।
भारतले नारायणी पूर्वतर्फको नेपाली भूभागलाई आफ्नो भनेर दाबी गरेपछि विवाद सुरु भएको हो । सीमा निर्धारणको ‘फिक्स्ड बाउण्ड्री प्रिन्सिपल’ अनुसार नदीले धार परिवर्तन गरे वा अन्य कारणले जमिनमा क्षती पुगे पनि सीमा रेखा परिवर्तन हुँदैन तर पनि भारतले जवरजस्ती विवाद खडा गर्दै आएको छ । श्रोत सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic