Siraha Times
ताजा समाचार

सिरहामा विजया दशमी धुमधामसँग मनाईंदै

  • कार्तिक ७, २०८०
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ७ । सिराहा जिल्लामा टिका जमरा लगाएर विजयादशमी धुमधामसँग मनाईंदै छ । प्रत्येक वर्ष नवरात्रीको अन्त्यमा असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजय भएको सम्झनामा विजयादशमी मनाईन्छ । खासगरी विजयादशमी दुर्गा पूजाको अन्त्यको प्रतीक पनि हो, देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनर्स्थापना र रक्षाको लागि विजय प्राप्त गरेको सम्झनामा टिका लगाएर यो पर्व मनाइन्छ । नवरात्रीको दशौ दिनलाई विजयादशमी भनिन्छ ।

विजया दशमीको दिन घरमा रहेका सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अन्य देवीदेवताहरुको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको क्रममा भएको त्रुटीलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन गर्दै सोह्र सामाग्रीले पूजा गरी हवन गरिन्छ त्यसपछि जमरालाई पूजा गरी भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाईन्छ ।

त्यसपछि घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा र जमरा टाउको र कानमा लगाई दक्षिणा दिई आशिर्वाद दिने चलन रहेको पाईन्छ । यस दिन पिङ खेल्ने चलन रहेको पाईन्छ । यस दिनदेखि टिका थाप्नका लागि आफ्नतहरु नया पहिरनमा आउने चलन रहेको पाईन्छ । टिका पूर्णिमासम्म जारी रहन्छ ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने गरी टिका लगाएर परिवारका सबै सदस्यहरू एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । आज सिरहाका शक्ति पीठहरुमा ठूलो मेला जात्राको आयोजना गरेर मूर्ति सेलाउने चलन रहेको पाईन्छ ।

सिरहाको मुख्य ठाउँहरु लहान, धनगढी , गोलबजार,मिर्चैया , बन्दीपुर, सिराहा ,कल्याणपुर , नवराजपुर , भगवानपुर लगाएतको ठाउँहरूमा विशेष मेला जात्राको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१