Siraha Times
ताजा समाचार

जितिया पर्वको रौनक शुरू

  • असोज १३, २०८०
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १३ । वर्षा र सहकालका देवता इन्द्र पूजाको समापन सँगै जितिया पर्वको रौनक शुरू भएको छ । जितिया पर्व नेपालका खासगरी तराईका थारू समुदायले मनाउने विशेष पर्व भएपनि अचेल यस पर्वको लोक प्रियता बढेका कारण सबै जातजाति मिलेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । सामाजिक कथन अनुसार " जितिया दसे दशैं , दसैं बीसे सुकराती, सुकराती छवे छैठ "। अर्थात् जितियाको दश दिनपछि दसैँ, दसैँको बीस दिन पछि दीपावली र दीपावलीको छ दिन पछि छठ पर्व हुने गर्दछ असोज कृष्ण सप्तमीका दिनदेखि सुरु भई नवमीसम्म लगातार तीन दिन जितिया पर्व मनाईन्छ ।

तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् असोज कृष्ण सप्तमीलाई माछ मरुवा भनिन्छ । यस दिन ब्रतालुहरुले जलाशयमा स्नान गर्नुपूर्व खरी र तोरीको तेल घिरौँलाका पातमा राखी पानीमा बगाउने गर्छन् । नुहाई धुवाई गरी घर आइसकेपछि खानामा विशेष रूपमा माछा र मरुवा (कोदो) को रोटी खाने गरिन्छ । यस विधिलाई नै माछ मरुवा भनिन्छ । जितियाको दोस्रो दिनलाई उपास वा व्रत बस्ने दिन भनिन्छ । यस दिनको सुरुवात हुनु अगावै अर्थात् अष्टमी तिथिको बिहान करिब ३–४ बजेतिर प्रत्येक महिलाले उठेर पूजा गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेर व्रतालुहरूले घिरौँलाको पातमा विशेष गरी दही चिउरा र फलफुलको भोजन काग कराउनु अगावै खाने र आफ्ना सन्तानलाई पनि खुवाउने चलन रहेको पाइन्छ ।

त्यसपछि व्रतालु महिलाहरू अष्टमीका बिहानदेखि नवमीका बिहानसम्म केही नखाई व्रत बस्ने गर्दछन् । व्रतको समयमा गल्तीले जिब्रो पनि टोकियो वा कुनै वस्तुहरू मुखमा पर्न गएको खण्डमा व्रत भङ्ग भएको मानिन्छ । यसै कारणले यस पर्वलाई खर्जितिया पनि भनिन्छ । पर्वको तेस्रो अथवा अन्तिम दिनलाई पारन भनिन्छ यस दिन व्रतालुले पोखरी, नदीमा गएर स्नान गरेर उक्त जलाशयको डिलमा घिरौँलाको पात, कचौँरामा लगेको तेल लगाई अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ ।

स्नान पछि बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ साथै पूजामा प्रयोग गरिएका अक्षता, केराउ, नैवद तथा फलफूल खाएर उपवास तोडिन्छ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेको पाईन्छ । जितिया पर्वको अवसरमा जितमहान भगवानको मूर्ति बनाई सबै भक्तजन एकीकृत भई पूजा आरधना गर्ने चलन पनि रहेको पाइन्छ । कुनै बालबालिका कुनै घटनामा परी भाग्यवश बाँचेमा आमाले खरजितिया पर्व गरेको भन्ने उखान टुक्का समाजमा अझ पनि व्याप्त भएको कारणले यस पर्वलाई अत्यन्त निष्ठाका साथ मनाईन्छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१