ताजा समाचार

गोलबजारको गोला धमनी थान परिसरमा फेला परे पुरातात्विक सामग्री: संरक्षणका लागि निकायहरूको ध्यानाकर्षण जरुरी

  • जेठ १०, २०८३
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

​विनोद अविरल गोलबजार (सिराहा), १० जेठ । ​सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३, गोलास्थित ऐतिहासिक एवं धार्मिक स्थल 'धमनी थान' परिसर वरिपरि प्राचीन तथा पुरातात्विक महत्वका सामग्रीहरू फेला परेका छन् । ​स्थानीयस्तरमा अध्ययन र अवलोकनका क्रममा उक्त क्षेत्रमा तत्कालीन समयमा युद्धमा प्रयोग हुने हातहतियार तथा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू फेला परेका हुन् ।

फेला परेका वस्तुहरूमा प्राचीन स्वरूपका भाला, हँसिया, विभिन्न प्रकारका मालाहरू र युद्धकालीन समयका अन्य ऐतिहासिक सामग्रीहरू रहेका छन् । ​धमनी थान आसपासको क्षेत्रमा यसरी खुला रूपमा बहुमूल्य पुरातात्विक वस्तुहरू भेटिनुले यस क्षेत्रको ऐतिहासिक र सामरिक महत्व उच्च रहेको संकेत गर्दछ । विज्ञहरूका अनुसार यी सामग्रीहरू कुन कालखण्डका हुन् र यस क्षेत्रको इतिहाससँग कसरी जोडिएका छन् भन्नेबारे विस्तृत अनुसन्धान हुन जरुरी छ । ​ ​

स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले यी बहुमूल्य ऐतिहासिक धरोहरहरू अलपत्र अवस्थामा फेला परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता पुरातात्विक सामग्रीहरूको उचित संरक्षण, उत्खनन र वैज्ञानिक अनुसन्धानका लागि पुरातत्व विभाग, गोलबजार नगरपालिका तथा स्थानीय प्रशासनको तत्काल ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । समयमै संरक्षण नगरिए यी ऐतिहासिक प्रमाणहरू हराएर वा नष्ट भएर जाने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤