विनोद मण्डल, असाेज १३ । करिब १,२२८ वर्ग किलोमिटर क्षेत्रफमा फैलिएको मघेश प्रदेशको सिराहा जिल्लाको बारेमा खोज्दै जाँदा " किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको बुझिन्छ छ । " श्रोत साभार सामाजिक सञ्जाल तत्कालीन नेपाल अधिराज्यको दोश्रो विद्यालयको रूपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए ।
तत्कालीन अवस्था अर्थात् विक्रम सम्वत २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरूलाई ७५ जिल्लामा बिभाजन गर्दा देखि सिराहा जिल्लाको क्षेत्र पूर्वमा सप्तरी, पक्षिम्मा धनुषा उत्तरमा उदयपुर र दक्षिणमा भारत रहेको छ । नेपालको एक मात्र राजमार्ग महेन्द्र राजमार्गको चोहर्वाबाट करिब १८ कि.मी. दक्षिणको दूरीमा रहेको सिराहाको सदरमुकाम देखि करिब ३ किलोमीटर दक्षिणमा भारतको विहार राज्य पर्दछ । मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्लाको रूपमा सिरहा रहेको छ ।
सिरहाको दक्षिण तर्फ समथर र उत्तरी भेगमा उच्च पाखो जमीन रहेको छ । यहाँका प्रमुख नदी नालाहरूमा कमला, घुर्मी, बलान, मैनावती, खुट्टी, गागन, सर्रे, बतहा, जिवा, आदि रहेका छन । सिराहाका प्रमुख व्यापारिक केन्द्रका रूपमा , माडर, सारस्वर, कल्याणपुर, सुखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगडी आदि रहेका छन । सिरहामा प्रतिनिधिसभा सदस्यका लागि ४ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ८ निर्वाचन क्षेत्र रहेको छ । संघिय संरचना अनुसार सिरहा जिल्लाको स्थानिय तहहरुको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाई समेटेर ८ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic