नेपालको संवैधानिक विकास

  • असोज ३, २०८०
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , असाेज ३ ।संविधान भनेको देशको मूल कानुन हो , जसको अधीनमा रहेर अन्य कानुनहरु निर्माण तथा सञ्चालन हुने गर्दछन् ।संविधान राज्य सञ्चालनको प्रमुख दस्तावेज हो । संविधानले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्दछ । यसलाई संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्माण गरी राज्यको शासन र शासन प्रणाली सञ्चालन गर्ने वैधानिकता शासकवर्गलाई जनताले प्रदान गरेका हुन्छन् त्यसैले संविधान लिखित र अलिखित हुने गर्दछन् ।

नेपालमा सबैधानिक विकासक्रमलाई केलाउँदा कालखण्डमा नेपाली समाजको स्थापनामा ९०० विसी देखि ७०० सम्म गोपाल वंश र ७०० विसी देखि ६०० विसी सम्म महिषपाल वंश र ६०० विसी देखि १०० ई. सं सम्म किरातकाल रहेका थिए जहाँ कुनै लिखित संविधान थिएन । किँरात कालमा तत्कालीन अवस्थामा राजाहरूले आफ्ना परम्परा अनुसार शासन सञ्चालन गरेका थिए भने लिच्छविकाल अन्तर्गत १०० ई सं देखि ८८० सम्म राजाहरूले हिन्दू धर्मशास्त्रलाई संविधान सरह मानेर राज्य सञ्चालन गर्दै आएका थिए ।

मल्ल काल अन्तर्गत राजाले जे बोल्थे, त्यो नै कानुन हुने प्रचलन रहेको थियो यतिबेलाको ताम्रपपत्र अभिलेख, पञ्चपत्र जस्ता कुराहरु साशनका मुख्य स्रोतहरू रहने गर्दथे । सन् १९१० मा जंगबहादुर बेलायतबाट फर्केपछि मुलुकी ऐन जारी गरी बन्दुक र विधि दुवैको शासन एकैचोटी चलाउने अभ्यासको शुरुवात गरेका थिए । नेपालको संवैधानिक विकासक्रमलाई हेर्दा ,नेपालको बैधानिक कानुन,२००४ : राणा शासनमा नै निर्माण गरिएको पहिलो संविधान भएपनि लागु भएन । त्यस्तै नेपालको अन्तरिम शासन विधान, २००७ : नेपालको संवैधानिक इतिहासमा कार्यान्वयनमा आएको पहिलो संविधान हो भने नेपालको अधिराज्यको संविधान, २०१५ : नेपालको संवैधानिक इतिहासमा संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यतामा निर्माण गरिएको पहिलो संविधान हो ।

नेपालको संविधान, २०१९ : तत्कालीन राजा महेन्द्रले संबैधानिक ‘कु’ र संविधानवाद, लोकतान्त्रिक मुल्य मान्यताको अन्त्य गरी निर्दलीय, निरंकुश शासन व्यवस्थाको स्थापनाका लागि निर्माण गरिएको संविधान हो जसलाई संवैधानिक इतिहासमा कालो संविधानका रुपमा पनि लिइन्छ । नेपाल अधिराज्यको संविधान २०४७ : २०४६ सालको जनआन्दोलन पश्चात पञ्चायती व्यवस्थाको अन्त्यको परिणामस्वरुप निर्माण गरिएको समिधान हो त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ : सशस्त्र द्धन्द्ध र २०६२/२०६३ को जनआन्दोलको परिणामस्वरुप निर्माण भएको यस संविधानले जनताका थप अधिकारलाई स्थापित गर्दै समावेशी लोकतन्त्रको आधार खडा गर्यो ।

नेपालको संविधान २०७२ : वर्तमान संविधान संविधान सभाबाट निर्माण गरिएको संविधान हो । नेपालको इतिहासमा सातौ समिधानसम्म आईपुग्दा संघीयता, समावेशी लोकतन्त्र र संविधानवादका मूल्यमान्यता बोकेपनी सासन सत्ता हाक्ने निहित व्यक्तिहरूको स्वार्थका कारण संविधान प्रति टिका टिप्पणी जारी रहेको छ । आज जनताको सवैधानिक उपचारको लागि निर्माण गरिएको संविधान दिवस असाेज ३ गते विवादित अवस्थामा रहेको कारण एक पक्षले दिवस मनाई रहेको अवस्था छ भने अर्कोतिर यसलाई कालो दिनको रूपमा समेत मनाईदै छ ।

 

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१