Siraha Times
ताजा समाचार

एनआरएनए कतारको प्रवक्तामा सन्तोष केसी

  • साउन २०, २०८०
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको (प्रवक्ता ) सन्तोष केसी चयन भएका छ्न । दोहा नज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न पहिलो बैठकबाट (२०२३ -२०२५ ) कार्यकालको लागि सदस्यमा निर्वाचित केसी लाई, सर्बसहमती बाट निर्णय गरि संघको प्रवक्तामा चयन गरिएको हो । सन २०१० मा कतार छिरेका उनले अर्घाखाँची सेवा समाज कतार, सन्ध्याग्रुप अलखोर, र एनसिसि कतारको प्रचार बिभाग समिती सहित सक्रिय रुपमा सामुदायिक पत्रकारिता गर्दै आइरहेका छ्न । २०२३ -२५ कार्यकालको लागि डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान भएको थियो । दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा रहेकोमा केसीले ३ हजार चार सर छयालीस मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मात्र मतदान गरेको एनसिसि कतारको निर्वाचन समितीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१