ताजा समाचार

कतारको राजदुतावासम एनआरएनएको बैठकमा लफरा

  • साउन १७, २०८०
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन १७ । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ । एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा कतारस्थित दूतावासको बैठक कक्षमा भएको सर्वपक्षीय छलफलमा हातपात भएको हो । दूतावासको बैठक कक्षमा भएको उक्त लफडापछि नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफूमाथि हातपात भएको भन्दै राजदूत नरेशविक्रम ढकाललाई न्यायका लागि निवेदन दिएका छन् ।

एनआरएनए कतार (एनसीसी)ले बोलाएको सर्वपक्षीय बैठकबाट राजदूत ढकाल निस्केपछि एनसीसीका तत्कालीन अध्यक्ष मोहम्मत मुक्तदाले अनधिकृत व्यक्तिलाई बोलाएर हातपात बल प्रयोग गरेको आरोप भण्डारीले लगाएका छन् .‘महामहीमज्यू (राजदूत) ढकाल निस्केपछि एनसीसी अध्यक्षले विधि, विधान र पद्धति बाहिर गएर अनुचित निर्णयमा दस्तखत गर्न बल प्रयोग गरेको, दस्तखत नमान्दा योजनाकार मोहम्मत मुक्तदा र नरेश श्रेष्ठले अब्दुल रहमान, रामबहादुर हमाललगायत गलत प्रवृत्तिका व्यक्तिहरू एक हुल (करिब २०/२५ जना) राजदूतावासको बैठक कक्षभित्र प्रवेश गराई क्रमशः सबैलाई कुटपिट/हातपात गरी भयाभहको स्थिति सिर्जना गराई बैठक कक्षलाई रणमैदानमा परिणत गरेको जानकारी गराउँछु,’ भण्डारीले दूतावासमा पेस गरेको निवेदनमा उल्लेख छ, ‘श्रीमानसमक्ष निज एनसीसी अध्यक्ष मोहम्म मुक्तदा मुसलमानसहित रामबहादुर हमाल, नरेश श्रेष्ठ, अब्दुल रहमानलगायत उक्त कुटपिट घटनामा संलग्न सबैलाई अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाऊँ ।

उनले कानुनी आधारका लागि दूतावासको बैठक कक्षमा रहेको सीसी क्यामराको रेकर्डिङ हेरी उनीहरूको पहिचान गर्न सकिने भण्डारीले निवेदनमा उल्लेख गरेका छन् ।यो घटना एनआरएनए कतारको १०औं अधिवेशनअघिको हो । अहिले अधिवेशनबाट रमेश भट्ट अध्यक्ष निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤