ताजा समाचार

शिव कुमार महतोले एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा उम्मेदवारी दिने

  • असार २८, २०८०
  • १२२९ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - समाजिक अभियान्ता तथा विभिन्न संघ संस्थामा सक्रिय रहेका शिव कुमार महतोले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२०२५ कार्यकालको निर्वाचनका लागि खुल्ला सदस्य तर्फ उम्मेदवारी दिने घोषणा गरेका छ्न।सिरहा जिल्लाको अर्नामा गाउँपालिका -३ घर भएका रोजगारीको शिलशिलामा बिगत १७ बर्ष देखि कतारमा रहि कतारमा स्थापित विभिन्न संघ सस्थाहरुमा आबद्ध भैई सामाजिक काम गर्दै आएको कार्यदक्षता एबम अनुभवहरु,तथा विभिन्न संघ संस्थाहरुसंगको सहकार्य साथै कतारमा दुखमा परेका नेपाली श्रमिकहरुको लागि सहयोग र समन्वय गरेका महतो सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने बताए।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको महतो बताउछन । उसले जति पनि पार्षद सदस्यहरु बनेका छन् उनीहरुको साथ, सहयोग र विस्वासकै कारण आफु निर्वाचित हुनेमा विश्वस्त रहेको जिकिर समेत गरेका छन् ।संस्थाको पद नै ठुलो कुरा नमानी जुन सुकै पदमा रहे पनि पद भन्दा काम ठुलो भन्ने मान्याता राख्दै बिगतमा भन्दा अझै बढी तँन र मन दिई आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ संस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको बताउछन ।

उसले हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गरेका छन । संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिकाबमोजिम पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤