ताजा समाचार

एनआरएनए कतारको प्रथम उपाध्यक्षमा यादवको उम्मेदवारी घोषणा

  • असार २७, २०८०
  • १३८० पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि सिरहा निवासी जयप्रकाश यादवले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने घोषण गरेका छ्न। वर्तमान कार्यसमितिमा सदस्य समेत रहेर कुशल भुमिका निभाएका यादवले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन । सिरहाको दक्षिणी भेगमा नवराजपुर गाउँपालिका -३ मा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा सन : २०१६ डिसेम्बर १८ तारीखमा कतार प्रवेश गरेका उनले बचेको समयमा विभिन्न संघ संस्थामा सक्रिय रहदै आएका छ्न ।

उनी नेपाली समाज कतारका सह सचिव,गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार वर्तमान कार्यसमितिका सदस्य, यादव सेव समाज कतारका महा सचीव लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहि आएका छ्न ।यादवले समाजिक संजालमा लेखेका जस्ताको त्यस्तै:-

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२०२५ कार्यकालको लागि उपाध्यक्ष पदमा मेरो उम्मेद्वारी ।आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बौद्धिक बर्ग, परिषद सदस्य ज्यूहरू साथै पत्रकार ज्यूहरुमा हार्दिक नमस्कार।

गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२३ कार्यकालमा सदस्य भई कार्य गरेको कार्यानुभव, विभिन्न संघ संस्था संग समन्वय, संघलाई श्रमिकमैत्री बनाउन पहलकदमी कार्यको लागि आगामी २०२३-२५ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको छु।साथ् र सहयोगको अपेक्षा गर्दछु।

जय प्रकाश यादव

कार्यसमित सदस्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤