एनआरएनए कतारको अध्यक्षमा अवधेश मण्डलको उम्मेदवारी घोषण

  • असार २७, २०८०
  • १२४६ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि धनुषा निवासी अवधेश कुमार मण्डलले अध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका छ्न । २०१९-२०२१ कार्यसमितिका सदस्य समेत रहेका मण्डलले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन । धनुषाको कमला नगरपालिका -९ दुबरकोठमा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा ६ बर्ष कतारमा बिताएका मण्डलले बचेको समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छ्न । नेपाली समाज कतारका सचिव, धनुषा सेवा समाजका कोषाध्यक्ष,त्यस्तै विभिन्न संघ संस्था विशेष योगदान र समन्वयमा विशेष दख्खल राख्ने गर्दछ्न ।

एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ८ हजार ९५१ जना कायम भएको छ । गत २६ फेब्रुवरीदेखि १२ मे सम्म पहिलो चरणमा र २५ जुनदेखि २८ जुनसम्म दोस्रो चरणमा सदस्यता आह्वान गरिएको थियो। मण्डलले सामाजिक सन्जालमा लेखेका छ्न। गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ - २०२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा साथै हार्दिक अपिल:-

आदरणीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ज्यूहरु सबैमा हार्दिक नमस्कार।अवधेश कुमार मंडल, बिगत ६ वर्ष देखि कतारमा श्रम गर्दै आईरहेको र सुरुका दिन देखि नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पद र पद बाहिर रहेर कार्यरत रहेको यहाँहरु सबैमा अवगत नै छ ।मलाई गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको कार्यसमिति सदस्य पदको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु ।

बिगतमा एनसीसी द्वारा घोषित कार्यक्रमहरुमा बाकी रहेका कामहरुको निरन्तरता साथै कामहरु गर्ने प्रतिबद्धता यहाँहरु माझ ब्यक्त गर्दै अध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु ।यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल सहित

अवधेश कुमार मंडल

पंजीकृत सदस्य नम्बर: QA01000227

२०२३- २०२५ कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१