ताजा समाचार

जनमत पार्टीद्वारा कतारमा मिशन २०८४ को गठन 

  • असार २४, २०८०
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओपी यादव असाढ २४ । जनमत पार्टीद्वारा कतारमा मिशन २०८४ को गठन  मिशन २०८४ के हो यो? गैर आवासिय मधेशी संघ कतार को नव निर्वाचित अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुर ज्यू को अध्यक्षतामा हिजो ७ जुलाई २०२३ शुक्रबारको दिन ग्रान्ड मोल स्टेडियम गार्डेनमा बसेको पाँचौं महाधिवेशन को समीक्षा बैठक बाट अध्यक्ष ठाकुर आफ्नो कार्यकाल लाई मिशन २०८४ घोषणा गरेको छ। उक्त मिशन २०८४ को संयोजक प्रमुख स्थायी कमिटी सदस्य श्री जितेन्द्र कुमार यादव लगायत एनआरएनए कतार को स्थायी कमिटी सदस्य गण,सल्लाहकार समिति सदस्य गण लगायत NRMA कतारको क्षेत्रिय कमिटी,क्याम्प कमिटी को पदाधिकारी सदस्य गण लगायत नेशनल कमिटी सदस्य तथा कार्यकारी प्रमुख पदाधिकारी हरुको दुई सय भन्दा बढी को संख्यामा उपस्थिति रहेको थियो।

कतारमा नेपाल बाट आप्रवासन भएर कामको सिलसिलामा ४ लाख भन्दा बढी नै नेपाली नागरिक रहेकोले सबैसँग जोडिन यसलाई अभियानको रूपमा नै लिएको छ। वैदेशिक रोजगारमा हुने ठगी,पेशागत काम वर्क परमिट विपरीत,हुनुको कारण भिजन हिन राजनीतिक अवस्था,व्यवस्था,भ्रष्ट नीति राजनीतिक किचलो नै मूल हो। यसबाट देश र समाजमा परिवर्तनको नयाँ रुख स्थापित गर्न वैज्ञानिक Dr.CK राउत नेतृत्वको जनमत पार्टी लगायत नयाँ शक्तिलाई हाम्रो देश नेपालमा पूर्ण स्थापित गर्न प्रवासबाटनै गर्न सक्छौं मा गैर आवासीय मधेशी संघ विश्वस्त रहेको छ र सबै संघ संस्थालाई यो परिवर्तनको मिशन २०८४ मा शामिल हुन आहवान गरेको छ। प्रदेशमा नेपालीको साथी गैर आवासीय मधेशी संघ तपाईंको सुख दुःख मा साथ रहँदै आएको छ।तपाईंको समस्या प्रदेशी को पीडा नै हाम्रो चासोको बिषय बनेको छ। त्येसैले देश परिवर्तनको मिशन २०८४ मा सहभागी बनौं।

 

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤