लहानमा एनआईसी एसिया लघुवित्तिय संस्था लगायतलाई तनाव

  • जेठ १२, २०८०
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल सिरहा लहान १२ जेष्ठ- लघुवित्तिय संस्थाका विरुद्ध सिरहाको लहानमा आन्दोलन चर्किएको छ । सँघर्ष समितीका सिराहा अध्यक्ष अर्जुन विश्वकर्माको नेतृत्वमा गरिएको , आजको प्रदर्शनले लाहान स्थित रहेको विभिन्न लघुवित्तिय संस्थाहरूमा तोडफोड गर्नुका साथै चर्का नारासहित खारेजको माग गरेका छन । चर्किएको आन्दोलनमा प्रहरी दमन भए पछि एक प्रहरी र एक आन्दोलनकारी सामान्य घाइते भएका हुन । लाहान स्थित रहेका एनआइसी एसिया लगायतका लघुवित्तिय कार्यालयहरुमा ताला लगाउन गएका आन्दोलनकारी र प्रहरी बीच झडप भएको थियो ।

मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुद्वारा सिरहाको लहानमा थालिएको आन्दोलनले करिब आधा दर्जन लघुबित्तिय संस्थाहरुमा तलाबन्दी गरेका छन । आफ्ना विभिन्न ५ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका महिलाहरू यतिवेला सडक तताई रहेका छन भने एन आइसी एसिया लघुवित्तिय सस्थाले आफ्ना बोर्ड समेत हटाएको अवस्था रहेको देखिन्छ । कार्यक्रममा समाजिक अभियन्ता पुनम महतो , केन्द्रिय सदस्य धनिक लाल चौधरी , मधेस प्रदेश सल्लाहाकार मो.गुलजार मियाँ, सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायतका व्यक्तिहरूको सहभागितामा आन्दोलन जारी रहको छ ।

आन्दोलनको डरले सिरहाको लहानमा रहेको लघुबित्तिय संस्थाहरुले कार्यालयको बोर्डसमेत हटाएर कार्यालय छोडने गरेका छन भने आन्दोलनका कारण लघुबित्तिय कर्मचारीहरुले मानशिक तनाव खेप्न बाध्य भएका छन । यतिबेला देश भर चर्किएको आंदोलका कारण जिल्ला,जिल्लाबाट लघुबित्तिय संस्थाहरु बिस्थापित भइरहेका छन । पीडित महिलाहरू सकृय हुँदा लघुबित्तिय कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन । भने आन्दोलन जारी राख्ने अध्यक्ष बिश्वकर्माले जनाएका छन ।A

प्रतिक्रिया दिनुहोस

दोस्रो सुरुङा राष्ट् ...

ओम प्रकाश  यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङ ...

सुरुङा न.पा.मा नवनिर ...

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समु ...

उखु खेतीमा आगलागी, म ...

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१