पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली

  • फागुन ६, २०७५
  • १४४५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०६ फाल्गुन । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अपर्ण गरिएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा कल्वले आयोजना गरेको श्रद्धान्जलीमा सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार साँझ मौन धारण गरिएको छ । 
 
कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् ।
52136186_411038012988324_6542173251320152064_n
कार्यक्रममा कल्वका पदाधिकारी, स्थानियबासी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी, ब्यापारी लगायतका सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१