Siraha Times
ताजा समाचार

पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली

  • फागुन ६, २०७५
  • १५५२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०६ फाल्गुन । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अपर्ण गरिएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा कल्वले आयोजना गरेको श्रद्धान्जलीमा सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार साँझ मौन धारण गरिएको छ । 
 
कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् ।
52136186_411038012988324_6542173251320152064_n
कार्यक्रममा कल्वका पदाधिकारी, स्थानियबासी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी, ब्यापारी लगायतका सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१