नइम : बाल क्लब देखि अन्तर्राष्ट्रिय फाेरम सम्मकाे यात्रा

  • चैत ११, २०७९
  • १६६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय माे• नइम राईन काे । सिरहा जिल्लाको सिरहा नगरपालिकाको वार्ड नम्बर १२ सारस्वरमा बस्ने नइमकाे बिधालय शिक्षा सिरहा नगरपालिका नम्बर १ को श्री चन्द्र नमूना माध्यमिक बिधालय सिरहामा भएको हो ।उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल क्लबका अध्यक्ष पनि हो । नइमको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् । उनि अचेल घर देखि गाउ टोल सम्म बिबाह र लैंगिक असमानता तथा बाल श्रम र युवाहरुकाे हक अधिकार अभियान संचालन गर्दै आएको हो । नइम भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो ।

छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।”नइम अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा बाल संरक्षण र युवाका सवालाहरुबारे वकालत गर्छन l उनि भन्छन ” बाल संरक्षण र युवाका कतिपय मुद्धाहरु सामाजिकीकरण भैसकेको छ । आम आखाले ति घटनाहरुलाई अपराध मान्दैन ।बाल बिबाह,बाल श्रम तथा लैंगिक विभेदका मुद्धाहरु अहिले पनि अपराधको श्रेणीमा राखिएको छैन l यसले समाजलाई अझै जागरुक बनाउनु पर्ने देखिएको छ l “नइमले आफु भित्र आएको नेतृत्व =दाई भूमिकामा बाल क्लबको ठुलो योगदान रहेको बताउछन ।

” बाल क्लबमा मेरो आवद्धता र बिभिन्न समयमा पाएका शिप तथा ज्ञानले म भित्रका आत्म बिस्वास बढाउन मदत गरेको छ l मैले बाल क्लबका अध्यक्षको हैसियतमा बिधालय स्तरबाटै खेलेको भूमिका तथा मैले देखाएको क्रियासिलताले मलाई स्थापित हुन् सहयोग पुगेको छ ” नइम बताउछन l उनले बाल क्लबमा आवद्ध भए पछिका सुरुवाती दिनलाई सम्झदै भन्छन ” म अध्यक्ष त् थिए तर म पदको वास्ता कहिल्यै गरिन । म मेरो मन र मस्तिष्कलाई निश्वार्थ र निश्चल भावको बाटोमा केन्द्रित गरेर बालबालिकाहरु माथि हुने हिँसा, दमन, शोषण, अत्याचार, सामाजिक कुरीति, बाल विवाह, दाईजो प्रथा, बाल अङ्ग बेचबिखन,बाल बेचबिखन,बाल श्रमको बिरुद्धमा सधैँ आवाज उठाइ रहे l केहि बाल बिवाह,बाल दुरब्यबाहार,बाल श्रम,लगायतका सामाजिक कुरीतिलाई हाम्रो समाजबाट निरुत्साहित गर्न पनि हामी सफल भयौ । मेरो यात्राको सुरुवातमा कतिपय व्यक्तिहरुले मेरो बिरुद्धमा बिभिन्न नकारात्मक टिक्का टिप्पणि पनि गरे । तर मैले ति सबै नकरात्मक खालका आरोपहरु मा ध्यान नदिएर मैले सुरु गरेको बालबालिका र युवाहरुको हक, हित र अधिकारका निम्ति सत्य र न्यायको बाटोको गन्तव्यमा लागि परे।

” पछिल्लो समय नइम बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरुमा पनि सदस्यता लिएको छ l “मेरो यात्रा मेरो स्थानीय तह सम्म मात्र सिमित नभई राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरको संघ संस्थामा पनि पुग्न सफल भएको छु l म राष्ट्रिय युवा परिषद् ,मधेस प्रदेश युवा संजालकाे काेषाध्यक्ष , सनराइज युथ सिरहा संजालकाे नगर अध्यक्ष,राष्ट्रिय किशोर सञ्जालको प्रदेश सदस्यमा मनोनित भएको छु । त्यो संगै कायापलट नामक संस्थाको जिल्ला संयोजकमा पनि मनोनित भएको छु।यसका साथै अनेरास्ववियूका जिल्ला सचिव पनि रहेको छु र मुस्लिम ईतिहाद संगठन नेपाल का केन्द्रीय सदस्य

 

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१