ताजा समाचार

सलहेसको बाटो खुलाउने नगरको पहिलाे वाडा अध्यक्ष अमित ठकुरी

  • चैत १०, २०७९
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल छ चैत्र १० । सिराहा जिल्लाको विकट मानिएको धनगढीमाई १४ को सलहेस डाँडा स्थितका बस्तीहरू दलमे, पल्लार, मोतिध्री, गागन , अमले लगायतका बस्तीहरूबाट आम मानिसलाई नेपालको एकमात्र पूर्व पछिम लोकमार्ग अर्थात् महेन्द्र हाइवे पुग्नका लागी कठिन यात्रा तय गर्नू पर्ने वाध्यता रहेको छ । आम स्थानिय मानिसलाई हाट बजार किनमेल गर्नेका लागि उदयपुर जिल्लाको कटारी बजार नजिक पर्ने भएपनि बाटो घाटोको असुविधाको कारणले अन्धकारमा रुमलिएका बस्तीहरुमा सहज आवत जावत गर्नका लागी कटारी नगरपालिका वडा नं ५ का वाडा अध्यक्ष मोहन तामाङ्गसंग बाटो खोल्ने विषयमा धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरीले एतिहासिक सम्झौता गरेर आम जनताको भावनालाई खुशीमा परिणत गरेका छन ।

टेलिफोन सम्पर्कमा कटारी नगरपालिकाका वाडा अध्यक्ष मोहन तामाङ्ग ज्यूले अन्तर प्रदेश व्यावसायिक लगायतका विषयलाई मध्यनजर गर्दै बाटो खोल्ने सम्झौता गरिएको बताउनु हुदै नगरको कार्यपालिका बैठकमा समेत लैजाने जानकारी दिनु भएको छ । साथै करिब ३ किलोमीटर सडक खोल्नका लागि आफूले कुनै कसुर बाकी नराख्ने भन्दै बनाउने प्रतिबद्धता जनाएका छन । भौगोलिक रूपमा विकट मानिएको सिरहाको बस्तीहरुमा खाने पानी,बिजुली ,बाटो अभाव भएको अवस्थामा आम जनताको वर्षौको ईच्छालाई पूरा गर्दै सिरहा र उदयपुर जोड्ने सिराहा जिल्लाकाे धनगढीमाई नगरपालिका वडा नं. १४ स्थिति सर्रे बस्ती हुँदै कटारी नगरपालिकाको वडा नं. ५ काे भाेर्ले बस्ती जाेड्नका लागि दुवै वडाकाे सिमानामा रहेकाे चुरे जंगलकाे सलहेस डाँडासम्म सडक ट्र्याक ल्याईसकेकाे अवस्थामा भाेर्ले सिरानदेखि करिब ३ कि.मि. दुरीको सिराहाको भूमिलाई जोड्नका लागि आपसी सम्झौता गरिएको छ ।

आम जनतालाई आवत जावतमा सहजता प्रदानको लागी उक्त सडकलाई पूर्ण रूपमा जाेड्नका लागि धनगढीमाई न.पा. वडा नं. १४ का वडा अध्यक्ष अमित ठकुरी ज्यू लगायत स्थानिय वडाबासीहरु र कटारी वडा नं. ५ का वडाबासीहरू बिच साेही स्थानमा व्यापक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤