विद्यालयको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • चैत ४, २०७९
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

" लहान मेरी चिल्ड्रेन एकेडेमी हाई स्कुलद्वारा बार्षिकोत्सव LMC EXPO 2079 मनाउने कार्यक्रम जारी " विनोद मण्डल चैत्र ३। मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे लाहान मेरी चिल्ड्रेन एकेडेमी हाईस्कूल द्वारा आयोजीत २५ औं वार्षिकोत्सवकाे पहिलो दिन आम अभिभावक , समाजसेवी, पत्रकार लगायतकाे उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयका संस्थापक बौद्धिक व्यक्तित्व पाण्डव हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति लहानका नगर प्रमूख महेश चौधरी, अतिथिहरु सुदिप चौधरी , धरणीधर अधिकारी, विनोद सिंह, नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेस्वर प्रसाद गुप्ता , वडा अध्यक्ष रमेश गौतम लगायतका उपस्थितिमा आयोजित कार्यक्रमको उद्दघाटन पानसमा बत्ती बालेर नगर प्रमूख महेश चौधरीले गर्नु भएको थियो ।

राष्ट्रिय गान धुनसहित यथास्थान बाट उठेर सहभागी सबैले गाएर कार्यक्रमलाई औपचारिकता दिएका थिए । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । सिराहा जिल्लाको सुन्दर नगरी लाहान वार्ड नं ६ स्थित रहेकाे विद्यालयले आफनो स्थापनाकालदेखि आफ्ना शैक्षिक वातावरणको सिर्जना सँगै गुणस्तरिय शिक्षा दिनमा खेलेको योगदानको उच्च प्रशंसा नगर प्रमूख ज्यूले गर्नु भयो । कार्यक्रममा नगर प्रमूख ज्यूलाई विद्यालयका संस्थापक पाण्डव हमाल ज्यूले दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । विद्यालयले सिरहाको पत्रकारिता जगतमा दिएका योगदानको कदर गर्दै सिरहाका वरिष्ट पत्रकार दिनेस्वर प्रसाद गुप्तालाई दोसल्ला ओढाएर विशेष सम्मान समेत गरेको छ ।

करिब १,२०० सहभागीको उपस्थितिमा भएको कार्यक्रममा शिशु कक्षा देखि ५ सम्मका बालबालिकाले आ आफ्ना कला स्टेजमा प्रस्तुत गरेका थिए । कार्यक्रम स्थलमा विधार्थीहरुले आफ्ना मिहिनेतले बनाएका बिभिन्न किसिमका सामाग्रीहरुसमेत प्रदर्शन गरिएको थियो । पहिलो दिनको कार्यक्रममा विद्यार्थीका अभिभावकहरू आ आफना जातीय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए । सञ्चालित कार्यक्रम लगातार दुई दिनसम्म चल्ने विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय बाहिरका किश ...

संजू कुमारी दास, लाहान, २५ चैत।गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर ...

दोस्रो सुरुंगा मेयर ...

ओम प्रकाश यादव लहान, २५ चैत । सुरुंगा नगरपालिका, सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा दोस्रो ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २४ चैत्र। वीरगंजको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१