विद्यालयको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • चैत ४, २०७९
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

" लहान मेरी चिल्ड्रेन एकेडेमी हाई स्कुलद्वारा बार्षिकोत्सव LMC EXPO 2079 मनाउने कार्यक्रम जारी " विनोद मण्डल चैत्र ३। मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे लाहान मेरी चिल्ड्रेन एकेडेमी हाईस्कूल द्वारा आयोजीत २५ औं वार्षिकोत्सवकाे पहिलो दिन आम अभिभावक , समाजसेवी, पत्रकार लगायतकाे उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयका संस्थापक बौद्धिक व्यक्तित्व पाण्डव हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति लहानका नगर प्रमूख महेश चौधरी, अतिथिहरु सुदिप चौधरी , धरणीधर अधिकारी, विनोद सिंह, नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेस्वर प्रसाद गुप्ता , वडा अध्यक्ष रमेश गौतम लगायतका उपस्थितिमा आयोजित कार्यक्रमको उद्दघाटन पानसमा बत्ती बालेर नगर प्रमूख महेश चौधरीले गर्नु भएको थियो ।

राष्ट्रिय गान धुनसहित यथास्थान बाट उठेर सहभागी सबैले गाएर कार्यक्रमलाई औपचारिकता दिएका थिए । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । सिराहा जिल्लाको सुन्दर नगरी लाहान वार्ड नं ६ स्थित रहेकाे विद्यालयले आफनो स्थापनाकालदेखि आफ्ना शैक्षिक वातावरणको सिर्जना सँगै गुणस्तरिय शिक्षा दिनमा खेलेको योगदानको उच्च प्रशंसा नगर प्रमूख ज्यूले गर्नु भयो । कार्यक्रममा नगर प्रमूख ज्यूलाई विद्यालयका संस्थापक पाण्डव हमाल ज्यूले दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । विद्यालयले सिरहाको पत्रकारिता जगतमा दिएका योगदानको कदर गर्दै सिरहाका वरिष्ट पत्रकार दिनेस्वर प्रसाद गुप्तालाई दोसल्ला ओढाएर विशेष सम्मान समेत गरेको छ ।

करिब १,२०० सहभागीको उपस्थितिमा भएको कार्यक्रममा शिशु कक्षा देखि ५ सम्मका बालबालिकाले आ आफ्ना कला स्टेजमा प्रस्तुत गरेका थिए । कार्यक्रम स्थलमा विधार्थीहरुले आफ्ना मिहिनेतले बनाएका बिभिन्न किसिमका सामाग्रीहरुसमेत प्रदर्शन गरिएको थियो । पहिलो दिनको कार्यक्रममा विद्यार्थीका अभिभावकहरू आ आफना जातीय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए । सञ्चालित कार्यक्रम लगातार दुई दिनसम्म चल्ने विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेसका मुद्दा अब आफ् ...

रहमुल लहान, माघ २८ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले मधेसका मुद्दा अब आफ्नै व्यक्तिगत जिम ...

जनमत पार्टीका रामस्व ...

लहान माघ २८ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीले चुनावी घरद ...

सप्तरी–४ मा कांग्रेस ...

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१