ताजा समाचार

लहान मेरी चिल्ड्रेन एकेडमिद्वारा बार्षिकोत्सव मनाउने तयारी

  • चैत १, २०७९
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १ । मधेश प्रदेशको सिराहा जिल्लाको लाहान ६ स्थित रहेकाे " लाहान मेरी चिल्ड्रेन एकेडेमी " द्वारा २५ औं वार्षिकोत्सव मनाउने तयारी पुरा भएको छ । सिराहा जिल्लाको सुन्दर नगरी लाहान वार्ड नं ६ स्थित रहेकाे विद्यालयले विगत २४ वर्षदेखि विभिन्न आरोह अवरोह पार गर्दै स्तरीय जीवनोपयोगी शिक्षा दिंदै आइरहेको छ भने विक्रमसंवत् २०५९ सालदेखि प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजासहित आफ्नो पहिचान कायम गर्दै आइरहेको छ । करिब ४६ शिक्षक कर्मचारी कार्यरत रहेको यस विद्यालयमा ९३७ विद्यार्थी संख्या रहेको छ ।

विद्यार्थी मैत्री वातावरण रहेको यस विद्यालयमा आधुनिक किसिमको पुस्तकालय, विज्ञान प्रयोगशाला , उमेर अनुसारको खेल्ने वातावरणका बीच पठन पाठन सञ्चालन भइरहेको यस विद्यालयमा विद्यार्थीहरुको सास्कृतिक टोलीका कारण मधेश प्रदेशको नमुना विद्यालयको रूपमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । विद्यालयले आउँदो चैत्र ३ गते २५ औं वार्षिकोत्सव मनाउनका लागि अथितीहरुलाई निमन्त्रणा पत्र पठाएको छ भने अथितीहरुलाई स्वागतका लागि विभिन्न सांस्कृतिक झाँकीहरुको तयारी पुरा भएको छ भने अर्कोतिर कलिला विद्यार्थीहरुले आफनै हातले बनाएका आधुनिक सामाग्रीहरु प्रस्तुतिको अन्तिम तयारीमा रहेको विद्यालय प्रशासनले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤