छुवाछूत तथा जातीय विभेदका अगुवा पालिकाअध्यक्ष उग्रनारायण यादवलाई कार्वाही भएनन

  • फागुन २७, २०७९
  • ७८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ लहान, २७ फागुन । सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न संयुक्त दलित मोर्चा सिरहाले शुक्रबार माग गरेको छ । त्यसैगरी, बिहीबार राष्ट्रिय दलित आयोगले पनि" वहाँ " उग्रनारायण यादवलाई कार्वाही हुनुपर्ने भनिएता, पनि निकाय ३ बितिसक्दा पनि कार्वाही गर्न अशक्ष्म देखिएको छ। साँसद, सिरहाका सिडियो , एसपी जस्ताको बिचमा दलितलाई ठाडो रुपमा छुवाछूतगरी दलितलाई बेज्जत गरेका थियोे । यो सँगै गत सोमबार अध्यक्ष यादवले आफ्नी आमाको १३ औं पुण्य तिथिमा गरेको भोजमा दलित समुदायलाई अपमानित गरेको भन्दै मोर्चाले उनलाई कारबाही गर्न माग गरेको हो ।

Open photo

शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । दलित मोर्चा सिरहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ । यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कानुन बमोजिम हदैसम्म कारबाहीको माग गर्दछौं ।’ यस्तै भोजमा सहभागी भएका पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंदले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्ने मोर्चाको माग छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित आयोगले पनि गाउँपालिकाका अध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

Open photo

यता, भगवानपुर पालिकाअध्यक्ष उग्रनारायण यादवका अनुसार म स्वयं स्वर्गीय आमाको १३ दिनसम्म काजक्रियामा रहेको र जन्मदाता माताको मृत्युले गम्भीर शोक एवं गहिरो चिन्तामा डुबेको हाम्रो परिवारको ध्यान नै काजक्रियाबाट कसरी चोखिएर क्रियाक्रम सम्पन्न गर्ने तर्फ केन्द्रित रहेकोमा शौक भोजको रुपमा रहेको खानपान कार्यक्रममा जातीय, धार्मिक, वर्गीय र सामुदायिक विभेद गर्ने हाम्रो कुनै मनसाय सोच एवं योजना नरहेको स्पष्ट पार्न चाहन्छु तराई मधेशमा विवाह तथा मृत्यु संस्कारमा ठुला स्तरका भोज भतेर हुने गरेको यर्थाथ हामी सबैमाझ जानकृत छ । यसको व्यवस्थापन गर्न परम्परागत रुपमा सदीयौं देखि बुद्धिजिवी, समाजका प्रमुख व्यक्तिहरुबाट हुदै आएकोमा व्यवस्थापकीय कामको सिलसिलामा अन्जानबस यस्तो कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गरेका छन् ।

Open photo

गाउँपालिका अध्यक्षको रुपमा सम्पुर्ण पालिका बासीको अभिभावक म स्वयं पालिकाको हरेक जातजाती समुदाय र वर्गको हक अधिकारको पक्षमा निरन्तर लडिरहनु पर्ने आवाज उठाईरहनुपर्ने र सोही अनुसार नीति निर्माण एवं सेवा प्रवाह गर्नु पर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाट जानी बुझीकन यस प्रकारको विभेद कल्पनासम्म गर्न सकिदैन । साथै "उनलेे "नेपालको संविधान, प्रचलित ऐन कानून मानवअधिकार एवं जातीय विभेद विरुद्धका अन्तराष्ट्रिय महासन्धी मूल्य मान्यता प्रति म पूर्ण प्रतिवद्ध रहेको छु सम्मानित राष्ट्रिय दलित आयोग र सम्मानित मुस्लिम आयोग प्रति मेरो सदा सम्मान रहेको बताए । जातीय विभेदको अन्त्यबाट मात्र समतामूलक, समुन्नत एवं समृद्ध सामाजको निर्माण भई सामाजिक आर्थिक रुपान्तरण हुने यर्थाथमा म दृढ संकल्पित रहको बताउनुभयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१