Siraha Times
ताजा समाचार

भवानपुर गा .पा .अध्यक्ष: उग्रनारायण यादव जातीय विभेद नगरेको कुरा यसरी खुलाए

  • फागुन २७, २०७९
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 बिरेन्द्र प्रसाद नेपाल । लहान, फाल्गुन २६ गते । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको आमाको समापन भोजमा जातीय विभेद नगरेको कुरा पत्रकार सम्मेलनमा भनिएको छ ।भगवानपुर गाउपालिकाको अध्यक्ष उग्रनारायण यादवको ममतामय माताको मृत्यु भोजमा हजारौ माानिसहरुलाई भोज गराएको छ । भोजमा एमाले पाटीका नेताहरु लगायत सवै जातजातिका मानिसहरुले भोज खाएको छ । ठूलो सख्यामा रहेको भोज जनमानसमा अध्यक्ष यादवले पुजापठ गरी आफना परिवारका साथ दुइ हात जोडी भोजमा भोज ग्रहन गर्नेहरुलाई अगरवतीसँगै दुई हात जोडी शोकमै डुबेको अवस्था थियो । भोज खानेहरुमा सवै जातजातीका मानिसहरु छासमिस गरी बसेर भोज खाए तर जति भिड् भए पनि अध्यक्षा यादवले को कहाँ बस्ने जस्ता कुनै किसिमको निर्देशन दिएका थिएन । किनभने अध्यक्ष यादवले भोज सम्हाल्ने जिम्मा आफना कार्यकर्तालाई दिएका थिए ।

  गाउँमा राजनितिक दुश्मनीको कारण कुनै अर्कै ठाउँमा जातपातको पोष्टर सार्वजनिक गरेर फसाउन खोजेको कुरा यादवले सुनाए । थप्दै यादवले भने यदी मैले जातपातको बिभेद गरेको हु भने मुस्लिम, दुशाद, चमार, पासवान लगायत अन्य कुनै सामुदायलाई आ–आफनो लाईनमा बसेर भोज खाएको प्रमाण नहुँदा पनि मलाई कुनै षडयन्त्र लगाएर जातिय भेदभावमा फसाउने कार्य नगरौ यदी कुनै कारणवस हाम्रा कार्यकर्ताले भेदभाव गरेको छ भने त्यसका लागि क्षमा मागका लागि सबै सङ आग्रह गरे ।पत्रकार सम्मेलनमा दर्जनौ दलित सामुदायका मानिसलाई जातिय बिभेदको बिषयमा सोधपुछ गर्दा कसैले पनि भनेन कि भगवानपुर गाउँपालिकाको अध्यक्षले बिभेद गरेको छ । वरु आमाको मृत्यु भोजमा यो पालिकाको सवै घरपरिवारमा निमन्त्रणा दिएका थए । यस्ता अवाजहरु स्थानियवाट आएकोले यहाँ सावित हुन्छ कि भोजमा जाति बिभेदको कुनै किसिमको पोष्टर थिएन तर तेहाका केही मानिसहारुले भने केही पोस्ट भोज एरिया भन्दा अलग ठाउँमा थिए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१