Siraha Times
ताजा समाचार

सरावल गाउँपालिका सातवटै वडाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

  • फागुन २७, २०७९
  • ११२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/फागुन २७ ।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । सरावल गाउँपालिकाको वडा वडा बाट सुरु भएको सार्वजनिक सुनुवाइ हिजाे पालिकामा गएर सम्पन्न भएको हो । सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको अध्यक्षतामा तथा गाउँपालिकाको प्रमुख प्रशासकिय अधीकृत दुर्गा प्रसाद पौडेल र गाउँपलिका उपाध्यक्ष बासमी हरीजनको उपस्थितिमा सम्पन्न भएको छ ।चालु आर्थिक वर्षको सात महिना पुरा भएसगैँ पालिकाले सेवा प्रवाह र विकास निर्माण बारे जनताका प्रतिक्रिया सुन्दै जनअपेक्षा अनुरुप योजना निर्माण गर्न सबै वडामा सार्वजनिक सुनवाई आयोजना सुरुवात वडा बाट सुरु गर्दै जनताले राखेका जनतासँगको जनअपेक्षाका लागि यो सुनवाइ गरिएको अध्यक्ष चोधरीले बताउनुभयो ।

कार्यक्रमा सबै स्थानियवासीले विकासमा भए गरेको काम प्रति गुनासो तथा सुझाव प्रतिकृयाहरु दिएका थिए । स्थानिवासीले कृषि अनुदानलाई व्यस्थित तथा बाढी डुबान क्षेत्रलाइ नियन्त्रण, शिक्षा क्षेत्रमा सुधार, बाटो घाटोको विस्तार, खाने पानिको उचित व्यवस्थापन, खेलकुदमा खेलाडिको उत्पादनमा पछि परेको भन्दै सुधारका लागि उचित पहल गर्ने आश्वासन गरेका थिए ।चालु आर्थिक वर्ष २०८९/८० को योजना तर्जुमा भएको आर्थिक वर्षको अन्तिम चरणमा पालिकाले के कसरि काम गरेको छ ? सोहि विषयमा प्रशासकिय अधिकृत पैडेलले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अनुरुप चालु आर्थिक वर्षको माघ मसान्त सम्मको आर्थिक प्रतिवेदनमा आर्थिक वर्षमा ५६ करोड ७७ लाख १३ हजार बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१