माओबादी केन्द्र कृष्णनगरको नगर बैठक तथा प्रशिक्षण कार्यक्रम

  • फागुन २०, २०७९
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २०नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कमल चुदाली विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान,नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन क्षेत्रीय संयोजक राजेन्द्र आचार्य, उद्योग व्यापार संघ जिल्ला उपाध्यक्ष तथा शिवराज नपा वडा नं ७ प्रतिनिधि भरत पोख्रेल लगायत रहेका थिए l

कार्यक्रममा शुभकामना तथा स्वागत गीता देवी सुनारले गरिन् lकार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल चुदालीले नेकपा माओबादी केन्द्र अहिले सम्म परिवर्तनको प्रमुख शक्ति रहेको, दश बर्षे जनयुद्ध तथा जन आन्दोलनको परिणाम अहिलेका उपलब्धि हरू संबैधानिकरण भएको, राज्य प्रणाली को शासन व्यवस्था परिवर्तनमा नेकपा माओबादी केन्द्रको योगदान अविस्मरणीय रहने , अब नेकपा माओबादी केन्द्र ले जनताको अवस्थामा परिवर्तन गर्नूपर्नेमा माओबादी केन्द्रले काम गरिरहेको बताए l

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले आजको गणतंत्र र धर्म निरपेक्ष राष्ट्र निर्माणमा जनयुद्ध तथा सहिदहरूको योगदान अविस्मरणीय रहने बताउदै सहिदहरूको योगदानको सधै कदर गर्दै पार्टी देश र जनताको हकहितमा सधै काम गर्ने बताए l कार्यक्रममा बोल्दै बिष्णु बेल्बासेले पार्टीका साथीहरूलाई भ्रष्टाचारका बिरूद्ध जोडदार रूपमा आवाज उठाउन आग्रह गरे l कार्यक्रममा बोल्दै हजरत अलीले देशको विकासमा लाग्न सम्पूर्ण पार्टीका साथीहरूलाई आग्रह गरे l कार्यक्रममा अनुप चौधरी, नूर मोहम्मद खान, प्रहलाद यादव, शाहिद खान, तोफेल खां, जगनारायण कलवार, शब्नम खातुन लगायत नगर कमिटी सदस्य तथा नेकपा माओबादी केन्द्र पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश बन्जाडेले कार्यक्रम संचालन गरेका थिए l

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१