नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने नेता चौधरी

  • फागुन ८, २०७९
  • ७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे समापन कार्यक्रम भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको मेलाकाे समापन सत्र कार्यक्रमकाे उद्घाटन संघीय सांसद तथा बरिस्ठ उद्योगि विनाेद चाैधरिले गर्नुभएको हाे । मेला आयाेजनाका सन्दर्भमा अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । मुख्य पाहुना चाैधरिले याे क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बाेकेकाे छ, नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यावसाय संग जाेडिनुपर्ने बताउनुभएको छ । रामपुर बृहत् नेपाल संग जाेड्न सक्ने सम्भावना रहेको, नेपालकाे पाैरखलाई विश्वभरि पुर्याउने प्रयास गरेर आफु सफल भएको उहाले बताउनुभयो । सम्भावनालाई खाेजेर काम गरियाे भने सयाै विनाेद चाैधरि जन्मनेछन्, एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चाैधरिले विकासले दृष्टिकाेणकाे ढाेका खाेलिनुपर्नेमा जाेड दिनुभएको छ । कार्यक्रमकाे संचालन संघका महासचिव पुर्सोत्तम केसिले गरिरहनुभएकाे छ । कार्यक्रममा विभिन्न उपसमितिका संयाेजक, पाहुनालाई मायाको चिनाे वितरण गरिएको छ । आज कलाकार पुस्कल शर्मा, माधव भण्डारी, सिर्जना अाले लगायतले रमाइलो सास्कृतिक कार्यक्रम चलिरहेको छ । मेलाको समापन दिन भएकाले आज पनि दर्शककाे भिड लागेको छ । व्यापारीक स्टलमा सामान किनमेल गर्नेकाे घुईचाे छ ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१