Siraha Times
ताजा समाचार

नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने नेता चौधरी

  • फागुन ८, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे समापन कार्यक्रम भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको मेलाकाे समापन सत्र कार्यक्रमकाे उद्घाटन संघीय सांसद तथा बरिस्ठ उद्योगि विनाेद चाैधरिले गर्नुभएको हाे । मेला आयाेजनाका सन्दर्भमा अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । मुख्य पाहुना चाैधरिले याे क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बाेकेकाे छ, नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यावसाय संग जाेडिनुपर्ने बताउनुभएको छ । रामपुर बृहत् नेपाल संग जाेड्न सक्ने सम्भावना रहेको, नेपालकाे पाैरखलाई विश्वभरि पुर्याउने प्रयास गरेर आफु सफल भएको उहाले बताउनुभयो । सम्भावनालाई खाेजेर काम गरियाे भने सयाै विनाेद चाैधरि जन्मनेछन्, एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चाैधरिले विकासले दृष्टिकाेणकाे ढाेका खाेलिनुपर्नेमा जाेड दिनुभएको छ । कार्यक्रमकाे संचालन संघका महासचिव पुर्सोत्तम केसिले गरिरहनुभएकाे छ । कार्यक्रममा विभिन्न उपसमितिका संयाेजक, पाहुनालाई मायाको चिनाे वितरण गरिएको छ । आज कलाकार पुस्कल शर्मा, माधव भण्डारी, सिर्जना अाले लगायतले रमाइलो सास्कृतिक कार्यक्रम चलिरहेको छ । मेलाको समापन दिन भएकाले आज पनि दर्शककाे भिड लागेको छ । व्यापारीक स्टलमा सामान किनमेल गर्नेकाे घुईचाे छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१