महेन्द्र गेनाई अस्पतालको उद्दघाटन कार्यक्रम सम्पन्न

  • माघ २०, २०७९
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मधेश प्रदेश , २० माघ। सिरहाको धनगढीमाई नगरपालिका वडा नं ११ स्थित महेन्द्र गेनाई अस्पतालको उद्दघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। स्थानिय छपराडी बजारको उत्तरमा रहेको अस्पताल विगत लामो समयदेखि ओझेलमा पर्दै आएको अवस्थामा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ज्यूको बिशेष पहलमा आज अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले अस्पतालको उद्दघाटन गर्नु भएको हो । भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवकाे प्रमूख आथित्यमा आयोजीत कार्यक्रममा अथितीहरु धनगढीमाई नगरपालिकाका प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले, नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता , सिराहा जिल्लाका प्रमूख जिल्ला अधिकारी, प्रहरी प्रमुख,स्वास्थ्य शाखा प्रमूख विश्वेश्वर यादब, नगरका जिन्सी शाखा प्रमूख सम्पैत यादब , वडा अध्यक्ष ज्यूहरु अशोक श्रेष्ठ, सूर्यनारायण यादब, ओम यादब लगाएत स्थानिय समाजसेवि, राजनीतिक कर्मी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा कार्यकम गरिएको थियो ।

कार्यक्रम स्थलमा पुग्नु अघि महामहिम ज्यूलाई स्वागत गर्नका लागि स्थानिय छपराडी चोकमा गेट संगै विभिन्न बिधालयका विधार्थीहरु लाई लाइनमा उभाएर राखिएको थियो । अस्पताल परिसरमा नेपाल प्रहरी, सस्त्र प्रहरी बल तैनाथ पारिएका थिए । सिरहाको धनगढीमाई नपा ११ छपडारीमा भारत सरकारको आर्थिक अनुदानमा निर्मित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पतालको आज शुक्रवार उद्घाटन गर्दै दुवै देशले एक अर्काको विकास पथमा सहायता गर्न सकिने राजदुतले बताए । राजदुत श्रीवास्तवले यस अस्पताललाई एउटा एम्वुलेन्स दिने निर्णय भएको बताए। उनले नेपाल सरकारको संघिय स्वास्थ्य मन्त्रालयले स्वीकृती दिनासाथ यसैगरी समारोहको आयोजना गरी एम्वुलेन्स पनि हस्तान्तरण गरिने बताए।

गत मंसिरबाट १५ शैयाको अनुमति लिएर अस्पताल सञ्चालनमा रहेको छ। अहिले ३५ देखि ५० जनासम्म विरामी सेवालिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रदेश सासंदहरु राजेन्द्र प्रसाद चौधरी, ललिता विद्रोही, जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो लगायतको सहभागितामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले राख्नु भएको थियो । छोटो समयमा सम्पन्न गरिएको कार्यक्रम स्थलमा राजदूतलाई गाडीबाट झर्नु अघि मेयर शिवशंकर महतो लगायतले फूल मालाले स्वागत गरेका थिए । कार्यक्रम स्थलमा जानु अघि अस्पतालको अथिती कक्षमा राजदूतलाई केही बेर आराम गराइएको थियो । संचालित कार्यक्रममा महामहिम राजदूत सहित सबैलाई अस्पतालका नर्सहरू द्वारा गम्छा ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रममा जग्गा दाता लगायतलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । स्मरण रहोस् कोरोना कहरको समयमा यस अस्पतालको बेडमा तत्कालीन अवस्थाका कोरोनाका बिरामीहरूलाई राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

जिरोदेखि हिरोसम्मको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । सिरहाको लहानमा रहेको बेबी एन्जल सेकेण्ड्री स्कूल पछिल्ला वर्षहरूमा निज ...

लहानमा पुस्तकालय दिव ...

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा &ldquo ...

कालिकामाईका अधिकृत अ ...

रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१