Siraha Times
ताजा समाचार

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

  • माघ १३, २०७९
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ माघ - बिधालयमा बाटो छैन भनेर महिनौं दिन देखि बिधालय बन्द गरिएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका वाडा ६ कटैया फतेपुरमा २०२२ सालमा स्थापना भएको बिधालयमा बाटोको निउमा करिब एक महिना देखि बिधालय बन्द गरिएको छ। बिधालयमा चौतर्फी बाटो भए पनि बिधालय बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गरेको भन्दै स्थानीयले आरोप लगाएका छन्। जनता माध्यमिक बिधालयमा करिब ६ सय दलित गरिब समुदायको विद्यार्थीहरु अध्ययनरत रहेको बिधालयमा पठन पाठन बन्द गरिएको छ। स्थानीय ईन्जिनियर देब नारायण यादवले बिधालयलाई आफनो निजि जग्गा केही बर्ष देखी विद्यार्थीहरुलाई आउन जान सहज होस् भने उदेश्यले खाली रहेको जग्गाबाट विद्यार्थीहरु बिधालय जाने गरेको थियो।जग्गा धनीको भतिजा कमलेश कुमार यादवले उक्त जग्गाको रेखदेख गर्दै आएका छन्।

जग्गा धनी इन्जिनियर यादव बिगत लामो समय देखि काठमाडौं बस्दै आएका छन्।उनले करिब २५ बर्ष देखि आफ्नै निजि जग्गाबाट बाटो संचालन गरेका थिए। इन्जिनियर यादवको भतिजा कमलेश कुमार यादवले उक्त आफ्नो निजि जग्गाबाट गएको बाटो बन्द गर्दा बिधालयमा राजनीति करण गरी स्कुलमा बाटो छैन भने बिधालय बन्द गरिएको स्थानीयहरुको आरोप रहेका छन्। स्थानीयका अनुसार स्कुल मुल बाटोहरु खुल्नु पर्ने बताए। बिधालयको पुर्व गेटबाट करिब २०० फिट पुर्व पर्ने जग्गा किता नम्बर ९/२६७,०-१५-३ वाडा नम्बर ७ र ९ को सिमानामा पर्ने जग्गा हुन्।बिधालयको जाने बाटो करिब ४.५ फिट चौडा र पुर्वपट्टी प्रमेश्वर रामको घर संगै दक्षिणतिर रहेको बाटो बर्षा याममा हिलो हुने पानी जमने र बिधालय जान आउन विद्यार्थीहरुलाई समस्या हुने गरिएको थियो। उक्त बाटो संगै रहेको ४.५ फिटको निजि जग्गाको बाटो प्रयोग गर्न दिएका थिए।

हाल उक्त निजी जग्गाको बाटो घेर बार गर्दा बिधालयमा निकै विवाद देखीएका हुन्।बिधालयले आफ्नो साबिकको जग्गाहरु न खुलाई बिधालयमा बाटो नै छैन भनेर राजनीतिको आडमा बिधालय करिब १ महिना देखि बन्द गरिएको छ्। स्कुल वरिपरि जताततै खाली र एलानी जग्गाहरु प्रयाप्त रहेको र निजि जग्गामा बिधालयले दाबी गरेको न्यायोचित कुरा रहेको जग्गा धनी यादव दुख व्यक्त गरेका छन्। उक्त बिद्यालयको मुल बाटो खुलाउन २०७८ मा स्थानीय सुर्य नारायण यादव,राजदेब मरबैता यादव,शिक्षक मोहन प्रसाद साह,फागु यादव,प्रमेश्वर राम लगायतका ब्यक्तीहरुको रोहबरमा नापी गरि बाटो खुलाउन लागेका थिए। हरिजन बस्तीबाट भएको ३० फिटको गोरेटो बाटो बाटो खुलाउन सहज देखीएका छन भने पुर्वपट्टीको ३० फिट लामो बन्द मुल बाटो खुलाई १० फिटको फराकिलो सडक निर्माण गर्न बिधालय र स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ। बिधालयको मुल बाट खोलाउन स्थानीय सरकार बेखबर रहेको र करिब ५ सय विद्यार्थीको भबिस्य अन्यौलमा परेका छन्।

प्रतिक्रिया दिनुहोस

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१