Siraha Times
ताजा समाचार

सिरहा लागु औषधको ट्रान्जिट पोईन्ट बन्दै, ड्रग्स सहित १ जना पक्राउ

  • माघ २३, २०७५
  • २४५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लहान, २४ माघ । शसस्त्र प्रहरी ले भारी मात्रा मा लागु औषध सहित १ जना लाई पक्राउ गरेका छन । शसस्त्र प्रहरी बोर्ड र आउट पोस्ट का सहायक प्रहरी निरीक्षक सुरेन्द्र शाहीको कमान्ड मा खटिएको गस्ती टोलीले लागू औषध सहित एक जनालाई पक्राउ गरेका हुन ।

प्राप्त खबर अनुसार सिरहा न.पा.१७ पटेर्बा मा चेक जाँच गर्ने क्रममा स.९ प-५४३१ नम्बरको मोटर साइकलमा आएका जिल्ला धनुषा जनकनन्द्नी गा. पा. २ बर्ष-२० का बब्लु यादबलाई लागु औषधको साथ गिरफ्तार गरिएको छ । यादवको साथ बाट phenergan2ml-199 एम्पुल,noophin-2ml-200 एम्पुल , diazelab2ml-199 थान को साथै हुवावे को मोबाइल -१थान, नेपाली रू ६१७०,भारतीय रु-५६०, युएस डलर१, रियाल -रु४७सहित नियन्त्रणमा लिई करबाहीको प्रक्रिया अगाडि बढाएको श.प्र.नि. सुरेन्द्र शाहीले जनाएका छन । सिरहामा दिनहु जसो लागू औषध का तस्करहरु समातिने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१