Siraha Times
ताजा समाचार

थारु समुदायले मनाए माघी

  • माघ १, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल माघ १ । सिराहाको लाहान स्थित भोटिया टोलमा स्थानिय थारु समुदायले भव्यताका साथ मागी पर्व मनाएका छन । थारू समुदायमा माघी पर्वसँगै थारुहरुको नयाँ वर्षको शुरुवात हुने गर्दछ । नयाँ वर्षको रूपमा थारूहरूले थारू संवत २६४६ समेत मनाएका हुन । भोटिया टोलको बजार परिसरमा आयोजित कार्यक्रममा प्रमुख अथिती सिराहा निर्वाचन क्षेत्र नं १ का माननीय सांसद रामशंकर यादब र बिशिष्ट अथिती गगा यादब लगाएत थारु समुदायकाे उच्च व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम गरिएको थियो माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउनेक्रममा थारू समुदायले मञ्चमा , धमार गीत साजबाजका साथ गाएर अथितीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको उद्घाघाटन पानसमा दीप प्रज्वलन गरी माननिय द्धय रामशङ्कर यादब र गङ्गा यादवले गरेका थिए ।

कार्यक्रममा बोल्दै गागा यादवले नेकपा एमाले पार्टीले रेशम चौधरीको रिहाईको लागि सकारात्मक रहेको बताउनु भयो । पार्टी नेतृत्व पङ्क्तिका केपी शर्मा ओली समेत रेशम चौधरीको रिहाईको लागि सकारात्मक रहेको भाव ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा थारु पहिरनमा सजिएर आएका थारु यूवा युवतीहरूले आफ्ना प्रतिभाहरू प्रस्तुत गतेका थिए भने मञ्चमा मागी पर्वको परिकारहरुको समेत प्रदर्शन गरिएको थियो । उल्लेखनीय मात्रामा उपस्थित थारु समुदायले मनाएको मागी पर्वले त्यहाँका बातावरण अत्यन्त रमाइलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१