Siraha Times
ताजा समाचार

कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न युवाहरु जागरुक

  • पुस १६, २०७९
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु जागरुक भएका छन् । पत्रकार बिन्दूबुषण साहको अगुवाइ र कृष्णा कुशवाहा लगायत पाकहा मैनपुर र कालिकामाई गाउँपालिकाका शिक्षा प्रेमी , समाजसेवी लगायत युवाहरुको सहभागिता भएको भेला कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु लागी परेका छन् । मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका छन् । पकहामैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको एउटा शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेट गरी विश्व विद्यालयको एउटा शाखा राख्ने विषयमा उहाँहरूले आवश्यक पहल गर्ने चाहिने बेला हामी आफै उपस्थित हुने युवाहरुले बताएका छन् । पकहा मैनपुर गाउँपालिका वडा नं २ मा पर्ने गुठी संस्थान अन्तरगत करिब ३० बिगाहा जग्गा रहेको छ । विगतका दिनमा गाविस हुँदा पनि वीरगन्ज विश्व विद्यालयको लागि पनि सो जग्गामा विश्व विद्यालय बनाउनु पर्ने आवाज उठेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१