ताजा समाचार

बलान बिहुलमा फुड बैंक निर्माण हुँदै

  • पुस १३, २०७९
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १३ पौष । सप्तरीको बलान बिहुल गाउँपालिकामा फुड बैंक निर्माण हुने भएको छ । वडा नं. १ स्थित पालिकाको सभा हल नजिकै निर्माण हुन लागेको फुड बैंकको एक कार्यक्रमबिच गाउँपालिका प्रमुख खेमचन्द्र यादव र उपप्रमुख रेनु यादवले संयुक्त रुपमा सिलन्यास गरेका हुन । संयुक्त राष्ट्रिय विश्व खाध कार्यक्रम (UNWFP) को आर्थिक सहयोग र आसमान नेपालको साझेदारीमा निर्माण हुन लागेको फुड बैंकको लागी पहिलो चरणमा रु. ३० लाखको सम्झौता भएको जिल्ला प्रोग्राम कोडिनेटर सावन यादवले बताए । आवश्यकता अनुसार रकम थप गर्न सकिने उनले बताए । फुड बैंकको निर्माण जनवरी महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको संस्थाको फिल्ड सुपरभाइजर उमेश यादवले बताए । फुड बैंक निर्माण भएपछी यस भेगका किसानलाई सहयोग पुग्ने वडा नं. १ को वडा अध्यक्ष रामकुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

एमालेले मंसिर २६ मा ...

काठमाडौं असोज २३ । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बि ...

नेपाललाई मेडिकल एजुक ...

काठमाडौं २३ असोज। नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤