बलान बिहुलमा फुड बैंक निर्माण हुँदै

  • पुस १३, २०७९
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १३ पौष । सप्तरीको बलान बिहुल गाउँपालिकामा फुड बैंक निर्माण हुने भएको छ । वडा नं. १ स्थित पालिकाको सभा हल नजिकै निर्माण हुन लागेको फुड बैंकको एक कार्यक्रमबिच गाउँपालिका प्रमुख खेमचन्द्र यादव र उपप्रमुख रेनु यादवले संयुक्त रुपमा सिलन्यास गरेका हुन । संयुक्त राष्ट्रिय विश्व खाध कार्यक्रम (UNWFP) को आर्थिक सहयोग र आसमान नेपालको साझेदारीमा निर्माण हुन लागेको फुड बैंकको लागी पहिलो चरणमा रु. ३० लाखको सम्झौता भएको जिल्ला प्रोग्राम कोडिनेटर सावन यादवले बताए । आवश्यकता अनुसार रकम थप गर्न सकिने उनले बताए । फुड बैंकको निर्माण जनवरी महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको संस्थाको फिल्ड सुपरभाइजर उमेश यादवले बताए । फुड बैंक निर्माण भएपछी यस भेगका किसानलाई सहयोग पुग्ने वडा नं. १ को वडा अध्यक्ष रामकुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१