कृष्णनगरले नगरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर लाई निरन्तरता दिदै

  • मंसिर २८, २०७९
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, मंसिर २८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं २ को वडा कार्यालय बाट सेवा प्रवाह घुम्ती शिविर लाई निरन्तरता दिदै छl २६ गते कृष्णनगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा आज वडा नं २ बाट सेवा प्रवाह गरिएको जानकारी कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले जानकारी दिए l जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्णनगर नगरपालिकाले जानकारी गराएको छ l वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए l कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा पालै पालो सेवा प्रवाह घुम्ती शिविर संचालन गर्ने कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद शाहले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१