सरकारी गाडी दुरुपयोगको फोटो खिचिदा नवराजपुरका अध्यक्ष शिव उदगारको छोराले पत्रकार सिंहलाई गरे दुरवहार

  • मंसिर १६, २०७९
  • १६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १६ । सिरहाका सक्रिय पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराले मुक्का प्रहार गरेका छन् । बिवाहपञ्चमी मेलाको अवसरमा सरकारी गाडी दुरुपयोग गरेको भनी समाचारहरु बाहिर आउँदा सामाचार बाहिर ल्याएको झोकमा पत्रकारमाथी भौतिक आक्रमण भएको छ । नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवा उर्फ शिव उदगार यादवका छोरा चन्दन यादवले पालिकाको मोटरसाइकल प्र. ०१.००१.बा. ०३२३ को दुरुपयोग ईटहर्वा मेला जादा गरेको खबर पाए पश्चात् स्थानीय पत्रकार प्रदीप सिंहले यादवको फोटो खिचेका थिए । मोटरसाइकलमा सवार पालिका अध्यक्ष शिवाका छोरा र उनका साथीहरूले पत्रकार प्रदिपलाई त्यसै निहुँमा निर्घात कुटपिट गरेका छन् । पत्रकार सिंहले न्यायको लागि सरोकारवालालाई जानकारी गराउँदै सिंहले घटनाबारे बिस्तृत विवरण नेपाल पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादवलाई बुझाएको छ भने कानुनी प्रक्रियाका लागि समेत अगाडि बढेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१