लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर ११, २०७९
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर ११ । ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मिति २०७९।०८।०९ गते जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मुक्ति नेपाल गोलबजार सिरहा, औरेक नेपाल, समग्र जनउत्थान केन्द्र लहान सिरहा, अपाङंता नगर समिति, दलित जनकल्याण युवा क्लव, बृद्ध महिला बचत सहकारी संस्था र अस्थाई प्रहरी पोष्ट कसहा सिरहाको संयुक्त आयोजनामा धनगढीमाई नगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौधरी ज्युको अध्यक्षतामा अस्थाई प्रहरी पोष्ट कसहा सिरहाका प्रहरी सहायक निरिक्षक दुर्गा प्रसाद यादव तथा प्रहरी जनशक्तिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानिय समुदाय तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । " सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान " भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न सचेतनामुलक प्ले कार्ड सहित करीब ५५ जनाको उपस्थितिमा “३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभातफेरी कार्यक्रम” गरिएको, थियो । कसहा चोकबाट र्याली निकाली बजार एरिया परिक्रमा गरी सोही स्थानमा गई कोण सभामा परिणत भई उक्त कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१