Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज भन्सार र छपकैया नाकावाट व्यापक रुपमा तस्करी शुरु

  • मंसिर ९, २०७९
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज९ शुक्रबार पर्साको मुख्य नाका भनेर चिनिने वीरगंज भन्सार साथै इनर्वा, छपकैया, झौवा, अमरपर्टी लगाएतका नाकाहरबाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ। पर्साको विभिन्न नाकाहरुवाट दैनिक करोडौ रुपैयाँ बराबरको राजस्व छली गरी छिमेकी मुलुक भारतको रक्सौल , पन्टोका , भेलाहीबजारहरुवाट बाट लत्ताकपडा , हाडयेवर, भैसी , रजनिगन्धा , राजनिवास लगाएतको समानहरुको व्यापक रुपमा तस्करी बढेको छ। पर्सा जिल्ला खुला नाका भए पनि सामान ओसार पोसार गर्न सजिलो छैन। मुख्य नाका वीरगन्ज भन्सार भई अवैध सामान ल्याउँदा भन्सारको मुल गेटमा रहेको सशस्त्र प्रहरीको डियुटीले रकम असुली गरि तस्करीको लाईन छुट दिएको दृश्य तपाई हेर्न सक्नुहुन्छ । सशस्त्र प्रहरीको डियुटि पहिलो फेजमा हुने गर्छ साथै हरेक बोर्डर भएको ठाउँमा डिप्युटी २४ घण्टा हुने गरेको छ। सशस्त्र प्रहरीले सिमानाकामा कडाई गरेपछि घरयासी प्रयोजनको लागि ल्याउने सामानहरु सनेत बन्द हुने गरेको एक स्थानीयले बताए।तर अहिले सशस्त्र प्रहरीको सिमानाकामा डियुटी २४ घण्टा भएपनि तस्करी नरोक्नु शंकाको बिषय बनेको छ।

सिमानाकावाट दैनिक करोडौं रुपैयाको तस्करीको माध्यमले भित्राई वीरगंज विभिन्न ट्रान्सपोर्टहरुमा पुर्याउने गरेका छन।विभिन्न ट्रान्सपोर्टहरुको माध्यमवाट अवैधरुपले काठमाडौ जादै गरेको मालबाहक ट्रकहरु नियन्त्रण लिई पनि तस्करी रुकन सकेको छैन । वीरगंज भन्सार को बाटो भई आएको तस्करी को समान ले ट्रक हरु पूर्ण रुपमा भरिने छैन। अन्य नाका हरु बाट रातिको समयमा आएको तस्करी को समान ले त्यति ठूलो मात्रा मा पुग्ने गर्छ। जुन तस्करी का समान हरु वीरगंज को बजार मा आएर ट्रक मा लोड भएर पक्राउ हुने गर्छ आखिर किन त्यो समान बोर्डरमा पक्राउ हुँदैन किन ट्रान्सपोर्ट मा पुगेपछि मात्र पक्राउ हुन्छ। त्यस्तै गरी वीरगंज भन्सार को बाटो भई लत्ताकपडा , किराना सामग्री, हार्डवेयर, कस्मेटिक सामग्री, जूता जस्ता वस्तु को तस्करी बढेको छ।दिन को समय र बेलुका को समय मा भने अटो मा कपड़ा हालेर मुख्य वीरगंज भन्सार को बाटो भएर विर्ता मन्दिर हुँदै महावीर स्थान , माइस्थान ,र बजार को अन्य ठाउँमा पुर्याउने गरेका छन्।

छपकैया को बाटो भएर कपड़ा , काजु , खजुर लगायत अन्य सामग्री काे तस्करी दिन होस् या रात प्रत्येक दिन हुने गरेको छ कहिले काही चेकिङ आउँदा तस्करी रोकिने गरिन्छ। दिनमा छपकैया को बाटो भएर ल्याइएको तस्करी को समान आदर्शनगर मा रहेको जैन भवन निर रहेको खुला ठाउँमा अटो बाट ल्याइन्छ र यहाँ ठेला मा हालेर ट्रान्सपोर्ट सम्म पुर्याउने गरेका छन्। त्यस्तै गरी इनर्वा को बाटो भएर डेरी मिल्क चकलेट, किराना समान, बुनिया को दाना, तेल , फलफूल, र सजावट मा प्रयोग हुने फूल को समेत तस्करी बढेको प्राय दिन सबैले हेर्ने गरेका छन। यस विषयमा सम्बन्धित निकायको ध्यान जान अति आवश्यक बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१