Siraha Times
ताजा समाचार

लहानमा १,०१५ किलो गाँजा जस्तो देखिने पदार्थसहित ट्रक र २ जना पक्राउ

  • मंसिर ७, २०८२
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर ७ । सिरहाको लहानमा प्रहरीले एक हजार पन्ध्र किलो (१,०१५.३०० केजी) गाँजा जस्तो देखिने पदार्थसहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। मंसिर ६ गते राति करिब ९ बजेर ३० मिनेट जाँदा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहान नगरपालिका–१ स्थित ट्राफिक चौकमा नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ठूलो परिमाणको पदार्थ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले पश्चिम (मिचैंया) बाट पूर्व (रुपनी) तर्फ गइरहेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई शंका लागेर रोकेर चेकजाँच गर्दा ट्रकको चालक क्याबिन पछाडि फल्स बटम (नक्कली तल्लो भाग) बनाइ सूक्ष्म रूपमा लुकाएर राखिएका ३१ बोरा भेटिएको प्रहरीले जनाएको छ। ती बोरामा सेतो रङको प्लास्टिकका बोराभित्र भरिएको गाँजा जस्तो देखिने पदार्थ भेटिएकामा तौल गर्दा १,०१५.३०० किलोग्राम पुगेको जनाइएको छ।

प्रहरीले घटनास्थलमै ट्रक चालक र सहचालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ। पक्राउ पर्नेमा– १) टंक विश्वकर्मा, २४ वर्ष, सखुवासभा जिल्ला, धर्मदेवी नगरपालिका–९, छिपिधारा टोल २) खेम राना मगर, २२ वर्ष, धनकुटा जिल्ला, छथर जोरपाटी गाउँपालिका–२ उनीहरूलाई बरामद गरिएको ट्रक र गाँजा जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना विरुद्ध आवश्यक कारबाही तथा अनुसन्धानका लागि मंसिर ७ गते सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप प्रक्रिया अघि बढ़ाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए। प्रहरीका अनुसार यो हालसम्मको यस क्षेत्रबाट बरामद भएको ठूलो परिमाणमध्ये एक हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१