नशामुक्त अभियानलाई नवराजपुर गाउँपालिकाले दियो नयाँ उर्जा

  • मंसिर ६, २०८२
  • ४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ मंसिर । सिरहाको नवराजपुर गाउँपालिकाले नशा नियन्त्रण तथा रोकथामलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेसँगै “नशामुक्त अभियान” थप सशक्त बन्दै गएको छ। गाउँपालिकाका अध्यक्ष शिवउदगार यादव (शिवा)को नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत आज महत्वपूर्ण प्राविधिक स्रोत—गाँजा, कोकिन, यावा, ट्रामाडोल, हिरोइनलगायतका हानिकारक लागूपदार्थहरूको निगरानी तथा परीक्षणका लागि आवश्यक १२ थान (१२० पिस) विशेष किट प्रमुख जिल्ला अधिकारी (CDO)लाई हस्तान्तरण गरिएको छ।

यस कदमले दुव्र्यसन नियन्त्रणका गतिविधिलाई थप गति दिने तथा अवैध कारोबारविरुद्ध कडाइका साथ कारवाही गर्न प्रशासनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। परीक्षण र निगरानी प्रणाली मजबुत भएपछि गाउँपालिकाभर सचेतना, अनुगमन र कानून कार्यान्वयन अझ प्रभावकारी बन्नेछ भन्ने विश्वास लिइएको छ। अध्यक्ष यादवले युवालाई राष्ट्रको ऊर्जा र परिवर्तनका वाहकका रूपमा सम्बोधन गर्दै नशाले होइन, शिक्षा, सीप, रोजगारी र खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने वातावरण बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए।

अभियानमार्फत निम्न प्रमुख लक्ष्यहरू अघि सारिएका छन्– • स्वस्थ, सुरक्षित र दुव्र्यसनमुक्त समाजको निर्माण • सबै सरोकारवालाबीच समन्वय तथा सहकार्य • दीर्घकालीन र निरन्तर अभियानमार्फत स्थायी समाधान नवराजपुर गाउँपालिका आदर्श, स्वस्थ र सक्रिय समाज निर्माणका दिशामा दृढतापूर्वक अघि बढिरहेको छ। गाउँपालिकाले सर्वसाधारणको साथ, सहयोग र सक्रिय सहभागितालाई अभियानको प्रमुख शक्ति मान्दै “नशामुक्त नवराजपुर” निर्माणमा सबैलाई जोडदार अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस

विमलेन्द्र निधिमाथि ...

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमा ...

भगवानपुरमा ४ दिने एक ...

रहमुल, लहान २३ पुष ।“सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ कि ...

गाउँपालिकाद्वारा सवा ...

ओम प्रकाश यादव लहान पुष २३ । भगवानपुर गाउँपालिकाले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीय अर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१