Siraha Times
ताजा समाचार

मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

  • मंसिर ६, २०८२
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

‎ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को भातृ संगठन समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ। पार्टीको मङ्सिर ३–४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार गठन गरिएको उक्त समितिको अध्यक्षमा युवा नेता मनिष यादव तथा महासचिवमा दिपेन्द्र कापरी चयन भएका छन्।

‎पार्टीले जारी गरेको जानकारीअनुसार नवगठित ७९ सदस्यीय तदर्थ समितिले संगठन विस्तार, युवा अभियान सुदृढीकरण तथा पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने दायित्व पाएको छ।

‎नेता-कार्यकर्ताहरूले नयाँ नेतृत्वबाट पार्टी र मधेश आन्दोलनलाई नयाँ ऊर्जा, दिशा र गति प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। जसपाका वरिष्ठ नेताहरूले युवाहरूप्रति भरोसा व्यक्त गर्दै संघलाई सक्रिय, जिम्मेवार र जनताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।

‎नवगठित तदर्थ समिति छिट्टै पूर्ण संरचना, कार्ययोजना तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१