Siraha Times
ताजा समाचार

भारतमा नेपाली युवती झुण्डिएको अवस्थामा

  • कार्तिक २९, २०७९
  • १३०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २९ । बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलार गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्थामा सोमबार बेलुकी मृत फेला परेकी मृतकका मामा पदम धामीले जानकारी दिएका छन् । उनलाई झुण्डिएको अवस्थामा उनीकी दिदी आर्जु थापाले फेला पारेकी थिइन् । उनका अनुसार आयुसु ब्याङ्ल‍रमै स्टाफ नर्स बढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन । उनको घर परिवारसहित सवै जना रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको उनका पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१