जिरोमाइल विहीबारे सडक निर्माणको प्रक्रिया पूरा

  • कार्तिक २५, २०७९
  • ११५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २५ । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ को निर्वाचन क्षेत्र रणनितीक सडकको रूपमा रहेको बारियरपट्टी जिरोमाईल सरे आम्बास हाथीढुङ्गा सडकको कालोपत्रे हुने पक्का भएको छ । गत आर्थिक वर्षमा तत्कालीन सिराहा निर्वाचन क्षेत्र नं २ का माननीय सुरेश चन्द्र दासको संसदीय विकास कोषबाट उक्त सडखण्डमा सुधारको लागि सरकारी बजेट विनियोजन गरिएको थियो । करीब दुई वर्षभित्र सडखण्डमा कालो पत्रे गर्ने गराउने नीतिका साथ अगाडी बढाइएको योजना अन्तर्गत २५ करोड रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ । करीब ७ किलोमीटर सडक निर्माणको प्रक्रिया अन्तर्गत वारियरपट्टी गाउँपालिकामा करीब १ किलोमीटर कालोपत्रे हुने त्यसपछि सुखीपुरमा करिब ७०० मीटर कालोपत्रे हुँदै जीरोमाईलको उत्तरी भागबाट बाँकी सडखण्डमा कालोपत्रे हुने सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख रामकुमार देवले जानकारी दिनु भएको छ । उक्त सडखण्ड निर्माणको जिम्मा जय भवानी शाह मकालु सडक निर्माण कम्पनी सर्लाहीले पाएको छ भने टेण्डरको आवस्यक सबै प्रक्रिया पूरा भई प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनाव पछि लगत्तै काम अगाडी बढाइने प्रमूख देवले जानकारी गराउनु भएको छ । सडक निर्माण भएपछि छिमेकी राष्ट्र भारतसंग उदयपुरकाे कटारी र सिरहाको दुर्गम बस्तीहरु सरे, अमले, खुट्टी, गागन लगायतका ठाउँहरुमा सहजता महसूस हुने एकातिर देखिन्छ भने अर्कोतिर स्थानियलाई आवत जावतमा सहजता महसूस हुने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१