ताजा समाचार

युवादेखि बुज्रुगको एउटै आवाज : पर्सा ३ (ख) मा डा. मधुलाई छातामा मतदान

  • कार्तिक २४, २०७९
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २४ कार्तिक पर्सा निर्वाचन क्षेत्र नंं ३ (ख) मा जसपा एमालेबाट साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीको पक्षमा युवादेखि बुज्रुगहरुको आकर्षण देखिएको जसपाका कार्यकर्ताले बताएका छन् । चुनावी घरदैलोको क्रममा उनीहरुले डा. मधुलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।डा. मधु राजनीतिमा युवा भएकाले युवाहरुले युवाका अपेक्षा सम्बोधन हुने विश्वास लिएका छन् भने महिला, बुज्रुग तथा प्रवुद्ध वर्गले समेत उनलाई जिताउन लागि परेको जसपा केन्द्रीय सदस्य सल्मा खातुनको भनाइ छ ।चिकित्सा पेशाबाट सक्रिय राजनीतिमा आएको र उनको स्वच्छ छविका कारण पनि उनीबाट मतदाताले बढी अपेक्षा पालेको विश्लेषण गरिएको छ । डा. मधुले सुशासन, सार्वजनिक सेवाको प्रभावकारिता, विकास निर्माण, महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता गरेकी छन् ।अहिले राजनीतिमा परिवर्तन र युवा नेतृत्वप्रति मतदाताको आकर्षण देखिएको अवस्थामा डा. मधुको छवि परिवर्तनको पक्षमा भएको विश्लेषण भइरहेको खातुनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤