पर्सा ४ मा रमेश रिजाललाई मतदाताले टिका लगाउदै दिए जितको आशीर्वाद

  • कार्तिक २३, २०७९
  • ७४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज २३ कार्तिक पर्सा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेस रिजाललाई धोबिनी गाउँपालिकाको विभिन्न स्थानमा मतदाताले भव्य स्वागत गरेका छन् । घरदैलोमा पुगेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता रिजाललाई भिखमपुर पिपराका मतदाताले फुलमाला र अबिर लगाएर भव्य स्वागत गरेका हुन् । मतदाताले आफूहरुले चुनाव अघि नै विजय तिलक लगाएर उनको जितको निश्चित गरिदिएको बताए । रिजाल जस्तो स्वच्छ छवीको व्यक्तिलाई जिताउनु पर्ने भन्दै आफूहरु सबै एक ढिक्का भएर उनको पक्षमा लागि परेको पनि मतदाता बताउँछन् । मतदातासँगको भेटका क्रममा नेता रिजालले आफूले यस क्षेत्रको लागि निरन्तर काम गर्दै आएको र अहिले मौका दिएर पठाए यहाँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए । अहिलेको लडाई संविधान र संघीयता विरोधीसँग रहेकाले त्यसलाई तह लगाउन पनि आफ्नो जित आवश्यक रहेकाले सबैलाई विचार पुर्याएर मतदान गर्न उनको आग्रह थियो । घरदैलो कार्यक्रममा कांग्रेस जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१