ताजा समाचार

पर्सा ४ मा रमेश रिजाललाई मतदाताले टिका लगाउदै दिए जितको आशीर्वाद

  • कार्तिक २३, २०७९
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज २३ कार्तिक पर्सा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेस रिजाललाई धोबिनी गाउँपालिकाको विभिन्न स्थानमा मतदाताले भव्य स्वागत गरेका छन् । घरदैलोमा पुगेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता रिजाललाई भिखमपुर पिपराका मतदाताले फुलमाला र अबिर लगाएर भव्य स्वागत गरेका हुन् । मतदाताले आफूहरुले चुनाव अघि नै विजय तिलक लगाएर उनको जितको निश्चित गरिदिएको बताए । रिजाल जस्तो स्वच्छ छवीको व्यक्तिलाई जिताउनु पर्ने भन्दै आफूहरु सबै एक ढिक्का भएर उनको पक्षमा लागि परेको पनि मतदाता बताउँछन् । मतदातासँगको भेटका क्रममा नेता रिजालले आफूले यस क्षेत्रको लागि निरन्तर काम गर्दै आएको र अहिले मौका दिएर पठाए यहाँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए । अहिलेको लडाई संविधान र संघीयता विरोधीसँग रहेकाले त्यसलाई तह लगाउन पनि आफ्नो जित आवश्यक रहेकाले सबैलाई विचार पुर्याएर मतदान गर्न उनको आग्रह थियो । घरदैलो कार्यक्रममा कांग्रेस जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤