कमला बचाउ अभियानको चौथो बार्षिकोत्सव कमलामा मनाईयो

  • कार्तिक २२, २०७९
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया धनुषा, कार्तिक २२ गते । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती गरि कमलाको रामघाटको कमला किनारमा मनाईएको छ ।उक्त कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , विशिष्ट अतिथि कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया,मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल , कमला अभियानी सुरेन्द्र यादव बिमोचन गरि बार्षिक उत्सव सम्पन्न गरेका छन । कार्यक्रममा महन्थ नवलकिशोर शरणले कमला स्नान गर्ने शुभ दिनमा वली प्रदान गर्नु दुखद रहेको वताउदै यस किसीमको प्रथालाई बढावा दिननहुने वताए । उनले कमलाको महिमाको विषयमा समेत प्रकाश पारेका थिए । कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन कमला अभियानीहरुमा बिनोद महरा,बिरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम कुमार महतो,समाजसेवी प्रभु दयाल जलान,हरिनारायण साह,पत्रकार अबधेस कामत,प्रमोद साह,अर्जुन मण्डल,नरेशचन्द्र बरबरिया लगायत हजारौं श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१