बाम-लाेकतान्त्रिक गठबन्धन कै बहुमतमा सरकार बन्ने नेता शाहकाे ठाेकुवा

  • कार्तिक २२, २०७९
  • ६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । कपिलवस्तु क्षेत्र न.३ मात्र नभई देशैभरि मंसिर ४ गते हुने हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको बहुमतकाे सरकार बन्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । आज कृष्णनगर नगरपालिका-८ बहादुरगंजकाे गाैरव चाैकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै शाहले आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो । शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको देउवा नेतृत्वमा सरकार निर्माण भएको बताउनुभयो । संविधान बचाउनको लागि काग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो । जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो । निर्वाचनपछि देशमा बाम-लाेकतान्त्रिक गठबन्धनकाे नेतृत्वमा प्रदेशको मुख्यमन्त्री विरेन्द्र कनोडिया,प्रदेशको मन्त्री एहसान अहमद खाँ र आफु केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो । कार्यक्रममा क्षेत्र न ३ (१) प्रदेश सभा सदस्य एहसान अहमद खां ले आफु माओवादीको मात्र नभइ कांग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो । निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो । क्षेत्र न ३ (२) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले ५ वर्षको अवधिमा २ वर्ष मात्र सरकारमा आफुहरु रहेको बताउनुभयो । २ वर्षको अवधिमा आफ्नो क्षेत्र भित्र ठुलो लगानी गरेकोले विकास र समृद्धीको लागि आफु निरन्तर जनतामा रहेको बताउनुभयो । कार्यक्रममा काग्रेस र माओवादीका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

नवराजपुर गाउँपालिकाम ...

ओम प्रकाश यादव, लहान ७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनाम ...

अन्तर विद्यालय स्तरी ...

रहमुल लहान ७ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान" मुल ...

अधिकृत श्रीवास्तव पक ...

रंजित चौरसिया,वीरगंज ६ असार । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१