संसारकै फोहोरी मानिसको मृत्यु

  • कार्तिक १०, २०७९
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक १० । संसारको सबैभन्दा ‘फोहोरी मानिस’ को उपमा पाएका एक इरानी नागरिकको मृत्यु भएको छ। इरानी मिडियाका अनुसार ९४ वर्षीय उनको हिजो दक्षिणी प्रान्तमा मृत्यु भएको हो। उनी देजगाह गाउँमा एक्लै बस्दै आएका थिए। दुनियाँसामु ‘फोहोरी मानिस’ भनेर चिनिएका अमो हाजीले विगत ५० वर्षदेखि नुहाएका थिएनन्। उनी दशकौंसम्म फोहोरमै सुते, फोहोरमै हुर्के र फोहोरमै रमाए। उनले फोहोरमै जीवन देखे अनि ’फोहोरी मानिस’ को ‘ट्याग’ पाएपछि अन्ततः फोहोरमै प्राण त्यागे। आधा शताब्दीभन्दा बढी समयदेखि हात समेत नधोएका उनी पानीको नाम लिँदा पनि डराउँदै। कसैले पानी देखाएको अवस्थामा उनी कुलेलम ठोक्थे। नुहाउँदा शरीरमा रोग फैलने उनको मान्यता थियो। त्यसैले उनले पाँच दशकदेखि नुहाउन छाडेका हुन्। सन् २०१३ मा उनै हाजीबारे ’द स्ट्रेन्ज लाइफ अफ अमो हाजी’ नामक वृत्तचित्र पनि बनेको थियो। मिडिया स्रोतका अनुसार वृत्तचित्रमार्फत् उनी बाँचिरहेको एउटा ’फोहोरी जीवन’ देखाइएको थियो। स्थानीय बासिन्दाले ’फोहोरी मानिस’ लाई पटक पटक नुहाउन आग्रह गर्दा समेत उनी राजी भएनन्। तेहरान टाइम्सका अनुसार हाजीले जनावरको मल भरिएको एउटा पाइपबाट थुप्रै चुरोट एकैपटक तान्थे। ’फोहोरी जीवन’ बिताइरहेका हाजीको स्वास्थ्य अवस्था सँधै राम्रो रहेको तेहरानका डाक्टरहरू दाबी गर्थे। अन्ततः उनी यस धर्तिबाट सदाका लागि बिदा भएका छन्। श्रोत जानकी खवर बाट जस्ताको तस्तै साभार

प्रतिक्रिया दिनुहोस

अर्नमा गाउँपालिका २ ...

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर ...

भगवानपुर वन नर्सरीबा ...

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा ...

टोकन मेशिन बिग्रिँदा ...

ओम प्रकाश यादव लहान, साउन १९ । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा टोकन मेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१