ताजा समाचार

सरसफाई कार्यक्रम सम्पन्न

  • कार्तिक ८, २०७९
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । सिरहाको धनगढीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको हो । कार्तिक 7 गते धनगढी बजारमा वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य अर्थात् व्यापार संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको थियो । बिहान करिब सात बजेको समयमा स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखिएको थियो । वडा अध्यक्ष सरोज महतोले छठको लागि स्थानिय तलाउहरुलाई विशेष रूपमा डोजर लगाएर सरसफाई गरिएको बताउनु भएको छ भने अर्कोतिर स्थानिय कृषि बजारको ब्यबस्थापनका लागि आफूहरु लागिपरेको बताउनु भएको छ । सरसफाई अभियानमा ईलाका प्रहरी समेत साझेदारी भएकोले बेला बेलामा सरसफाई कार्यक्रम भइरहेको धनगढी बजारको ब्यबस्थापन आजको आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤