Siraha Times
ताजा समाचार

सप्तरी ४(क) मा ख्यातिप्राप्त उमेदवार को हुन् राजेश विद्रोही ?

  • कार्तिक ५, २०७९
  • १८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी क्षेत्र नम्बर ४(क) को राष्ट्रिय रुपमा ख्याति प्राप्त स्वतन्त्र उमेदवार राजेश विद्रोही को हुन् ? उनका राजनीतिक समाजिक क्षेत्रमा के योगदान छ ? जनता उहाँलाई किन भोट हाल्न आतुर छन् ? हामीलाई प्राप्त भएको छोटो जानकारी यसप्रकार छ : राजेश विद्रोहीको वास्तविक नाम राजदेव राम हो । उसको जन्म २०४२/२/२९ सप्तरी खडक नपा ३ गरुराहा गाउँमा भएको हो । जनयुद्धका सहिद उदयपुर कटारीका जामुन चौधरीको कान्छी छोरी पार्वती चौधरीसँग नेपालमा गणतन्त्र स्थापनाका दिन जनवादी विवाह भएको हो । उसका दुई छोरा छन् । जनमुक्ति सेनाबाट अवकाश लिएपछि सिरहाको लहानमा सस्तोमा एलानी जग्गा किनेर सामान्य जस्ताको घरमा जीवन चलाउँदै आएका छन् । शिक्षा मेडिकल तर्फ अहेब र एचए तथा राजनितीक शास्त्रमा मास्टर डिग्री गरेका छन् । राजनीतिक शास्त्रमा पिएचडी अध्ययनका लागि प्रक्रियामा छन् । जनयुद्धको क्रममा राखिएको नामले राष्ट्रिय स्तरमा स्थापित र ख्यातिप्राप्त नाम हुन राजेश विद्रोही ।

१२ वर्षको उमेरमा विधार्थी राजनीतिमा सहभागी भएर १६ वर्षको उमेरमा माओवादी जनयुद्धमा भूमिगत भएका थिए । जनमुक्ति सेनाको कमाण्डर समेत रहेका विद्रोही जनयुद्धमा डाक्टरको रुपमा थुप्रै युद्ध घाइतेहरुको जीवन दिएका छन् भने जनताको घरदैलोमा बस्ने क्रममा समेत उपचारको भूमिका निर्वाह गरेका छन् । पार्टी र जनयुद्धमा तल्लो स्तरदेखि केन्द्रीय स्तरसम्मका विभिन्न जिम्मेवारी समहालेका विद्रोही जनयुद्धमा घाइते समेत हुन् । समाजिक परिवर्तनका लागि जेलनेल समेत भोगेका खेपेका छन् । २५ वर्षदेखि निरन्तर रुपमा राजनीतिक क्षेत्रको अनुभव रहेको एक सक्षम र इमानदार पात्रको रुपमा स्थापित छन् ।

रक्तमुच्छेल अंकुरण, मुक्तिसंघर्ष, इजोत पुस्तकका लेखक, साहित्य लेखन क्षेत्रमा कविडाँडा साहित्य पुरस्कार लगायत दर्जन पुरस्कारबाट सम्मानित छन् । विभिन्न साहित्य संस्था तथा पत्रकारिता क्षेत्रमा १५ वर्षदेखि आवद्ध तथा सम्पादकका रुपमा समेत भूमिका निर्वाह गर्दै आएका छन् । कान्तिपुर, नयाँ पत्रिका, अन्पूर्णपोष्ट, रातोपाटी, अनलाइन खबर, टुडेखोज, नेत्रदैनिक, गाउँघरटडकम, हामी नेपालटडकम लगायतका दर्जनौ पत्रपत्रिकामा समयसापेक्ष राजनीतिक लेखहरु प्रकाशित भईरहेको हुन्छ । एभिन्युज, प्राइमटीभी,बागमती टीभी, न्युजनेपाल टिभी, हुलाकी न्युज टिभी लगायतका राष्ट्रिय टेलिभिजनहरुमा समेत समयसान्दर्भिक रुपमा राजनीतिक विश्लेषकको रुपमा अन्तर्वार्तामा विश्लेषकको रुपमा समेत परिचित छन् ।

समाजिक सेवाको क्षेत्रमा पनि लामो अनुभव रहेको छ । दलित लगायतका सिमान्तकृत वर्गको समस्या कुनै समुदाय विशेषको समस्या नभई साझा र राष्ट्रिय समस्याको रुपमा रहेको भनेर दुई वर्षदेखि चेतनामूलक अभियान राष्ट्रिय दलित मुक्ति जागरण अभियानका राष्ट्रिय संयोजक समेत नेतृत्व गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१