Siraha Times
ताजा समाचार

सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

  • कार्तिक ५, २०७९
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ५ । नवलपरासी पक्षिम्ममा सडक दुर्घटना न्यूनीकरण चालक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । नवलपरासीका प्रमूख जिल्ला अधिकारी ज्यूको प्रमूख आथित्य तथा जि प्र का नवलपरासीका प्रहरी प्रमुखज्यूको उपस्थिमा कार्यक्रम गरिएको थियो । मिति २०७९।०७।०४ गते नवलपरासीको सुनवल न.पा.११ भुमही स्थित नेचर-रे पार्टी प्यालेसको सभा हलमा श्रम तथा यातायात व्यवस्था मन्त्रलाय बुटवलको आयोजना ,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय बुटवलको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न प्रकारका सवारी चालकज्यूहरु लगायतका उपस्थितिमा सडकमा सवारी साधन चलाउँदा महत्वपूर्ण विषयप्रति ध्यान दिनुपर्ने कुराहरु प्रति वक्ताहरुले आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा चालकले ट्राफिक नियमको पालना गर्दा हुने फाइदा र चालकले सवारी साधन गुडाउँदा सिट बेल्टको प्रयोगप्रती सचेतना दिँदै पार्किंग गर्ने ठाउँहरूको पहिचान चालकले अनिवार्यरुपमा गर्नुपर्ने उक्त कार्यक्रममा बताइएको थियो । फलदायी रहेको उक्त कार्यक्रममा करिब ५८ जनाको उपसथितिमा चालक सचेतना अभिवृद्दी कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१