प्रदेश सभा सदस्य यादवलाई मतदाताको आशीर्वाद, जनता भन्छन् – जीत निश्चित छ

  • कार्तिक ३, २०७९
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३ कार्तिक पर्सा क्षेत्र नम्बर ४ (क) स्वतन्त्र उमेदवार बिरेन्द्र प्रसाद यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता बिरेन्द्र यादव पहिले प्रतिनिधिसभा सदस्यका लागि पनि उम्मेदवार बन्नु भएको थियो । उहाँ दोश्रो नम्बरमा रहनु भयो । मधेसवादी दल छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बिरेन्द्र प्रसाद यादव सत्ता गठबन्धनका कारणले टिकटबाट बञ्चित हुनुभयो । यसअघिको प्राप्त मतको आधारमा पनि उहाँको जित्ने आधार बलियो थियो । तर, पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक फेरी प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले बिहिवार जगरनाथपुर वडा नम्बर ३ जमुनियामा चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । लालटिन छाप चुनाव चिन्ह पाएकोले आफू अब पर्सा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का जनताको उज्यालोका लागि लालटीन लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको दिनेश प्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

अर्नमा गाउँपालिका २ ...

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर ...

भगवानपुर वन नर्सरीबा ...

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा ...

टोकन मेशिन बिग्रिँदा ...

ओम प्रकाश यादव लहान, साउन १९ । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा टोकन मेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१